सन्धिखर्कको बिहार बजार पारी तुम्काेटकाे बेसीमा बन्ने बार्दी खेल मैदानको शिलान्यास, राष्ट्रिय स्तरका खेलकुद आयोजना हुने (भिडियो, तस्बिर सहित)
चैत्र १७ गते, २०७५ मा प्रकाशित
सुर्य भुसाल
बिहार, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ बिहार बजार पारी (तुम्काेटकाे बेसीमा) एतिहासिक बार्दी खेल मैदानको शिलान्यास सम्पन्न भएको छ ।
बार्दी खेल मैदानको एक भब्य समारोहका बिच प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे र ,सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालले संयुक्त रूपमा शिलान्यास गरेका थिए ।
सन्धिखर्कमा राष्ट्रिय क्षेत्रीय स्तरका खेलकुद कार्यक्रम गर्नका लागि मैदानको अभाव रहेको कारणले गर्दा बार्दीमा खेल मैदान निर्माण गर्न लागिएको नगरप्रमुख कमल प्रसाद भुसालले बताउनु भयो । नगरपालिकाले मैदान निर्माणका लागि केही समय अगाडि ७५ लाखको टेन्डर आव्हान गरेको थियोे । खुल्ला प्रतिस्पर्धाबाट अमर निर्माण सेबा सन्धिखर्कले ४० लाखमा टेन्डर पारेपछि काम सुरु गरिएको युवा ब्यबसायी भुसालले जानकारी गराउनु भयो ।
यसै आर्थिक बर्षमा खेलाडीहरुका लागि खेल्न सक्ने मैदान बन्ने सन्धिखर्क नगरपालिकाका सब-इन्जिनियर नारायण पोख्रेलले बताउनु भएको छ भने खेल मैदानको लागि आबश्यक पर्ने भबन ट्याइलेट लगाएतका संरचनाहरु बजेट अपुगको कारण निर्माण सम्पन्न हुन नसके पनि अर्को आर्थिकबर्ष भित्र खेल र खेलाडीहरुका लागि आबश्यक पर्ने सम्पुर्ण संरचनाहरु बन्ने सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकको भनाइ छ ।
राष्ट्रिय स्तरका खेलकुद आयोजना हुने
खेल मैदान निर्माण भएपछि राष्ट्रिय स्तरका खेलकुद आयोजना गर्न सकिने नगरप्रमुख कमल प्रसाद भुसाल को दावी छ । कार्यक्रममा वार्ड नम्बर १ का अध्यक्ष युवराज वन्जाडे २ का अध्यक्ष मोतिजग रायमाझी नगरपालिकाका योजना अधिकृत गोबिन्द केसी लगाएतको उपस्थिति रहेको थियोे ।
निर्माण सुरु भएपछि खेल प्रेमि खेलाडीहरु हर्सित भएका छन ।