नरपानीका दिपक चुदाँली क्षेत्रीलाई पाँच ग्राम सुनकाे सिक्का उपहार

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नव दुर्गा माेटर साईकल वर्क शप सन्धिखर्कबाट यमहाकाे सुनाैलाे २०७६ अन्तरगत नँया बर्षकाे अफर अन्तरगत पाँच ग्राम सुनकाे सिक्का विजयीको नाम घोषणा गरेको छ । 
नँया बर्षकाे अफर अन्तरगत पाँच ग्राम सुनकाे सिक्का सन्धिखर्क ६ नरपानीका दिपक चुदाँली क्षेत्रीले उपहार प्राप्त गरेका छन् । लक्की ड्रको चिट्ठा पत्रकार प्रेम नारायण आचार्यले निकालेर नरपानीका ग्राहक दिपक चुदाँली क्षेत्रीले पाएको घोषणा गरिएको थियो । 
नव दुर्गा माेटर साईकल वर्क शप सन्धिखर्कका प्राेपराईटर राम चन्द्र घिमिरेका अनुसार नयाँ यमहा माेटरसाईकल किन्ने ग्राहक मध्ये एकले पाँच ग्राम सुनकाे सिक्का जितेको र आगामी प्रत्येक हप्ता यमहा अफर राखिने बताए ।   लक्की ड्र कार्यक्रम पत्रकार देवेन्द्र कुवरको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु