गोपाल प्रसाद भट्टराई
वांगी, अर्घाखाँची चैत्र–१७ । नेकपा मसाल निकट अखिल नेपाल महिला संघ मालारानी गाउँ समितिको अध्यक्षमा तुलसा कुंवर निर्वाचित हुनुभएको छ ।
मालारानीको वांगीमा हिजो सम्पन्न प्रथम भेलाले अध्यक्ष कुंवरको नेतृत्वमा १३ सदस्यिय अनेम संघ मालारानीको गठन गरेको हो ।
जसको उपाध्यक्षमा खगी थापा,सचिव कमला पन्थी र कोषाध्यक्षमा सरिता थापा सर्वसहमत चयन हुनुभएको छ ।कृष्ण कुमारी थापाको अध्यक्षता,गिता भुसालको स्वागत मन्तव्य र कमला पन्थीको संचालनमा सम्पन्न भेलाले बिमला विष्ट,लक्ष्मी खनाल,सिता भुसाल,सिता पाण्डे र सावित्रा खनाललाई सदस्यमा छनोट गरेको बताइएको छ ।
गाउंपालिकाका सबै वडाबाट महिला प्रतिनिधिहरुको सहभागिता रहेको भेलाले गिता आचार्य,कृष्ण कुमारी थापा र अनिता घिमिरे रहेको तिन सदस्यिय सल्लाहकार समितिको पनि गठन गरेको छ । कार्यक्रममा अनेम संघ जिल्ला उपाध्यक्ष गिता पाण्डेले मन्तव्य राख्दै समाजमा अझैपनि पुरातनवादी सोंच हावी भएका कारण महिला हिंसाका घटना नरोकिएको दाबी गर्नुभएको छ ।“बैज्ञानिक शिक्षाको अभाव र नागरिक सचेतनाको कमी हुंदा पुरातनवादी सोंच हट्न सकेको छैन”,उपाध्यक्ष पाण्डेले भन्नुभयो,“नेपाली समाजमा अझैपनि महिलालाई हेर्ने दृष्ट्रीकोण फरक छ ।”उहांले अगाडि थप्नुभयो,“यस्तो नकरात्मक सोंचलाई सबै मिलेर हटाउन जरुरी छ ।”
यस्तै कोषाध्यक्ष मिना वि.सी.,राष्ट्रिय जनमोर्चाका नेताहरु नरेन्द्र बहादुर थापा र बिर बहादुर कुंवरले मुलुकमा अपराध गर्नेहरुलाई राज्यबाटै संरक्षण हुंदै आएको आरोप लगाउंदै समाजिक बिकृतिका बिरुद्ध सबै एक जुट हुनुपर्नेमा जोड दिनुभएको छ ।