गोपाल प्रसाद भट्टराई
ढाकावाङ्ग, अर्घाखाँची चैत्र–१७ । वर्तमान सरकारले आफ्नो ब्यबहार नसच्चाएमा सरकारकै आयु घट्ने राष्ट्रिय जनमोर्चाका नेताहरुले बताएका छन् ।
“कम्युनिष्टको नाम बेचेर बहुमत प्राप्त गरेको सरकारबाट जनताले धेरै आशा गरेका थिए,तर आज त्यो आशा निरासामा बदलिंदै गएको छ” उनिहरुले भने,“सरकारकै कारण देशमा महंगी,भ्रष्टाचार र सामाजिक हिंसाका घटनाले बढवा पाएका छन् ।”
रष्ट्रिय जनमोर्चा भुमिकास्थान–१ ढाकावाङ्गले सिटेनीमा आयोजना गरेको सबै जनवर्गिय संगठनहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै उनिहरुले यस्तो बताएका हुन् ।मुलुकको राष्ट्रियतामा गम्भिर आंच आउने गरि एक पछि अर्को निर्णय र सम्झौता गर्नुले सरकारले आफ्नो आयु आफै घटाउन लागेको उनिहरुको ठहर छ ।

राष्ट्रिय जनमोर्चा संग सम्बन्धित सबै मोर्चाबाट सयौंको संख्यामा प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापा,यमलाल पोख्रेल,जिल्ला अध्यक्ष थम्मन के.सी.,राष्ट्रिय परिषद सदस्य खड्ग बहादुर थापा,भुमिकास्थान नगर अध्यक्ष टेक बहादुर थापा,नगर उपाध्यक्ष कविराम खनाल,अखिल नेपाल शिक्षक संघ संघका केन्द्रिय महासचिव चक्रपाणी पौडेल,युवक संघका जिल्ला अध्यक्ष कुलराज खनाल,अखिल छैठौंका केन्द्रिय सचिव गोपाल प्रसाद भट्टराई,अनेम संघ जिल्ला सदस्य लिला भुसाल र जनप्रतिनिधिको तर्फबाट वडा अध्यक्ष भोजराज खनालले मन्तव्य राख्दै विप्लवको पार्टीलाई प्रतिवन्ध लगाउनु,सिके राउतसंग कुनै प्रक्रिया विनै सम्झौता गर्नु,राष्ट्रहित विपरित नागरिकता विद्येयक पास गर्न खोज्नु,निर्मला पन्तलाई न्याय दिन नसक्नु,मुलुकमा बढेको कर तथा महगींलाई नियन्त्रण गर्न नसक्नु,वाइडबडि देखी अख्तियार जस्तो संस्थामा समेत भ्रष्टचार मौलाउनुले वर्तमान सरकारको छविमा दाग लागेको आरोप लगाउनु भएको छ ।
मेघराज खनालको अध्यक्षता,रेम बहादुर राउतको स्वागत मन्तव्य र माधव खनालको संचालनमा सम्पन्न भेलाले नुनकान्त भुसालको अध्यक्षतामा १७ सदस्यिय अखिल नेपाल किसान महासंघ र युवराज खनालको अध्यक्षतामा ११ सदस्यिय अखिल नेपाल शिक्षक संघको गठन समेत गरेको छ ।किसानको उपाध्यक्षमा ज्ञान प्रसाद भुसाल,सचिव नवराज खनाल र कोषध्यक्षमा वासुदेव खनाल चयन हुनुभएको छ ।
यस्तै शिक्षकको उपाध्यक्षमा कृष्ण खनाल,सचिव राम प्रसाद खनाल र कोषाध्यषमा कृष्ण रोका चयन हुनुभएको राष्ट्रिय जनमोर्चा ढाकावाङ्गले जनाएको छ ।यसैविच राष्ट्रिय जनमोर्चा छत्रदेव गाउंपालिकाको भेला पनि नयां नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । कार्यक्रम नेत्र गैरेको अध्यक्षता,खिमानन्द पाण्डेको स्वागत मन्तव्य र गोकर्ण मुखियाको संचालनमा सम्पन्न भएको हो ।
राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल र नेता पशुपति ढकालको विशेष उपस्थितिमा सम्पन्न भेलाले नेत्र गैरेको अध्यक्षतामा ९ सदिस्यय गाउंसमितिको गठन गरेको छ ।जसको उपाध्यक्षमा खिमानन्द पाण्डे,सचिव गोकर्ण मुखिया,सह–सचिव लेखनाथ बराली र कोषाध्यक्षमा कमला आचार्य चयन हुनुभएको छ ।
यस्तै रिता पाण्डे,कृष्ण प्रसाद भुसाल र पूर्ण प्रसाद श्रेष्ठ सदस्यमा चयन हुनुभएको राजमो जिल्ला उपाध्यक्ष पौडेलले जानकारी दिनुभएको छ ।