अर्घाखाँचीमा मसाल लगायतका दलहरुद्दारा नागरिकता विधेयक २०७५ खारेज गर्न माग गर्दै हस्ताक्षर संकलन (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । नागरिकता विधेयक २०७५ तत्काल खारेज गर्न माग गर्दै अर्घाखाँचीमा हस्ताक्षर संकलन गरिएकोे छ ।
 ने.क.पा.(मसाल),राष्ट्रिय जनमोर्चा,नेकपा (माले)लगायत ६ वटा पार्टी तथा अन्य विभिन्न संस्थाहरुले घोषणा गरेका संघर्षका कार्यक्रम अन्तरगत अर्घाखाँचीको सन्धिखर्कमा हस्ताक्षर संकलन गरिएकोे राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी.ले जानकारी दिएका छन ।
अहिले सम्मकै नागरिकता पाउने खुकुलो व्यबस्था राखिएको नागरिकता विद्येयक २०७५ लाई राष्ट्रघातीको संज्ञा दिंदैे यदि विद्येयक जबरजस्ती पारित गराए राष्ट्रको हितबिपरित हुने भन्दै उक्त विद्येयक तत्काल फिर्ता लिन माग गरेको भनाइ छ। हस्ताक्षर संकलनको लागी व्यानर राखिएको थियो ।  राष्ट्रभक्त नेपालीहरुलाई उक्त अभियानमा सहभागी हुन आयोजकले अपिल समेत गरेको थियो ।
 नागरिकता विधेयक २०७५ तत्काल खारेज गर्न,विदेशीहरुले लिएको नागरिकता छानवीन गरी सम्पूर्ण नक्कली नागरिकताहरु खारेज गर्न,सर्वोच्च अदालतले खारेज गरेको नक्कली नागरिकता सम्बन्धिको आदेश कार्यान्वयन गराउन र नागरिकता सम्बन्धी एक राष्ट्रिय नीति तर्जुमा गर्नको निम्ती अधिकार सम्पन्न उच्चस्तरीय न्यायीक छानविन आयोग गठनका लागि दबाव स्वरुप हस्ताक्षर संकलन गरिएकोे नागरिकता विधेयक बिरुद्धको संघर्ष समन्वय समिति अर्घाखाँचीले जनाएको छ । 
हस्ताक्षर अभियान २८ गते सम्म रहने बताएको छ ।

अन्य समाचारहरु