गोपाल भट्टराई
नेपालीचौर, अर्घाखाँची चैत्र १८ । सन्धिखर्क ८ किमडाँडाका वडा अध्यक्ष इश्वरी प्रसाद भुसालले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । जनता आधारभुत विद्यालय सन्धिखर्क ८ नेपालीचौरको बार्षिक परिक्षाफल सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्र्दै उहांले यस्तो बताउनुभएको हो ।
मूलुकमा राजनैतिक परीवर्तन भएपनि शैक्षिक क्षेत्रमा सुधार हुन नसकेको भन्दै उहांले भन्नुभयो,“निःशुल्क रुपमा शिक्षा आर्जन गर्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो,भौगोलिक बिकटता,आर्थिक बिपन्नता र जनचेतनाको कमिका कारण बालबालिकाहरु उचित शिक्षा लिन बाट बञ्चित भएका छन् ।यि समस्या हल हुनेगरि अबको शिक्षा परिवर्तन गर्न जरुरी छ ।
” शैक्षिक शत्र २०७५ देखी अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको उक्त विद्यालय वडा नम्बर ८ मा प्रथम हुन समेत सफल भएको छ ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष शिव प्रसाद पोख्रेलको अध्यक्षता,प्रअ.कमल प्रसाद गैरेको स्वागत मन्तव्य र शिक्षक शालिकबाबु पोख्रेलकाको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत र उत्कृष्ट नतिजा ल्याउन अहोरात्र खट्ने शिक्षकहरुलाई अभिनन्दन गरिएको विद्यालयले जनाएको छ ।