सन्धिखर्कमा २०७५ / ७६ का सम्पुर्ण योजनाहरु बैशाख भित्रै सम्पन्न हुने

रुद्रमणि भुसाल 
सन्धिखर्क, अर्घाखाँची चैत्र १८ – सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले २०७५ / ७६का सम्पुर्ण योजनाहरु बैशाख भित्रै सम्पन्न हुने बताउनु भएको छ । 
सन्धिखर्क नगरपालिका वार्ड नं. ३ मा संचालनमा रहेका योजनाहरुको अनुगमन गदै उपप्रमुख बिकले यस्तो बताउनु भएको हो ।
उहाले आमनागरिकको जनसहभागितामा पार्दसि र प्रभावकारी गुणस्तरिय रुपमा सबै योजना सम्पन्न गनु पर्ने बताउनु भयो । ओल्लाखोलादेखि कुमालटोल जाने बाटो र ओल्लाखोलादेखि दलित समाुदायमा जाने बाटोको आज सन्धिखर्क नगरपाकिका उपप्रमुख बिकसहितको टोलीले अनुगमन गरेको हो ।
अनुगमनमा सन्धिखर्क नगरपलिकाका वार्ड नं. ३ का वडा अध्यक्ष लिलाराम गौतम, योजना अधिकृत गोबिन्द केसी ,पत्रकार रुद्रमणि भुसाल , इन्जियर मेगराज पोख्ररेल लगायतको उपस्थिति रहेको थियो ।
 

अन्य समाचारहरु