अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा हिन्दु राज्यकाे माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी अर्घाखाँचीले हस्ताक्षर संकलन अभियान शुरु गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा हिन्दू राष्ट्रको माग गर्दै आन्दोलनमा उत्रिएको छ ।
आईतबारबाट २३ गते सम्म अर्घाखाँचीमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी अर्घाखाँचीले बताएको छ । २५ गते जिल्ला सदरमुकाममा १ घण्टा धर्नाको कार्यक्रम तय भएको छ ।
त्यस्तै, चैत्र २८ गते स्थानीय तहमा एक घण्टा धर्ना दिंदै धर्म निरपेक्षताको विरोध गर्ने उसको तयारी छ । बैसाख ५ गतेबाट धर्म निरपेक्षताको ब्यानर तथा प्ले कार्ड जलाउने र ८ गते सडकहरुमा २ घण्टाको सत्याग्रह गर्ने गरी राप्रपाले विरोधका कार्यक्रम तय गरेको छ ।