सन्धिखर्कको रतले रुब्दी बजारमा ४ वटा खुट्टा भएको अनौठो कुखुराको चल्लो जन्मियो (भिडियो र तस्बिर सहित)
चैत्र १८ गते, २०७५ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ५ रतले रुब्दी बजारमा ४ वटा खुट्टा भएको अनौठो कुखुराको चल्लो जन्मिएको छ ।
पत्रकार दिनेश सुनारले अर्घाखाँचीडट्कमलाई बताए अनुसार बिगत लामो समय देखि कुखुरा पालन गर्दै आएकी रतले निवासी मिना श्रेष्ठको कुखुराले चल्ला दिने क्रममा आज सोमबार बिहान करिब ७ बजे तिर ४ वटा खुट्टा भएको निकै अनौठो खालको एउटा चल्लो पैदा गरेको हो ।
चल्लो स्वास्थ्य रहेको छ । उक्त चल्लो हेर्नको लागि स्थानीयहरुको भिड लागेको र सबैले अहिलेसम्म यस प्रकारको कुखुरा नदेखेको प्रतिक्रिया जनाउदै सबै जना आश्चर्य चकित समेत परेका छन् ।