चुत्राबेसीमा साथी सहकारीद्धारा राष्ट्रिय सहकारी दिवसको अबसरमा शुभकामना आदानप्रदान

श्याम घिमिरे 
चैत्र २० अर्घाखाँची – ६२ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा साथि बचत तथा ऋण सहकारी संस्था लिमिटेड सनिधखर्क २ चुत्राबेसीले बुधबार आफ्ना सदस्यहरु संग भेटघाट तथा अन्तक्रिया गरेको छ । 
संस्थाको कार्यालय चुत्राबेसीमा सम्पन्न कार्यक्रममा नयाँ सदस्यहरूलाई सहकारीमा लगानि गर्नका लागि प्रेरित गरिएको संस्थाका कार्यकारी निर्देशक प्रकाश भुसालले जानकारी दिनुभयो ।
त्यस्तै सहकारीले प्रकाशन गरेको भित्ते क्यालेन्डर जिल्ला स्थित बिभिन्न सरकारी कार्यालय र संस्थाका शेयर ससदस्यहरूलाई वितरण गरिएको अध्यक्ष धर्मराज भुसालले जानकारी दिनुभयो ।
दिवसकै अवसरमा सहकारी ऐन २०७४ अन्र्तरगत स्थानीय निकाय र सहकारी बिषयक अभिमुखिकरण कार्यक्रम तथा सञ्चालक समिति र संस्थाका कर्मचारी बिच अन्तरक्रिया समेत सम्पन्न भएको संस्थाले जनाएको छ ।
यस्तै कार्यक्रममा सहकारीले आगामि दिनमा गर्ने कार्य, सेवा प्रवाहलाई थप व्यवस्थित गर्ने लगायतका विषयमा छलफल समेत गरिएको छ । 
कार्यक्रम संस्थाका अध्यक्ष धर्मराज भुसालको अध्यक्षता, कार्यकारी निर्देशक प्रकाश भुसालको सञ्चालनमा सम्पन्न भएको हो । 
 

अन्य समाचारहरु