ढिकुरा
बिन्दु घिमिरे
ढिकुरा, अर्घाखाँची चैत्र २० । ६२ औं राष्ट्रिय सहकारी दिवस तथा सहकारी शिक्षा कार्यक्रम भुमिकास्थान नगरपालीका वडानम्वर ९ को ढिकुरामा आज सम्पन्न भएको छ ।
कार्यक्रममा मनतब्य राख्दै भुमिकास्थान नगरपालीकाका उपप्रमुख खडानन्द बेलबासेले सहकारीको माध्ययमबाट अगाडी बढेमा देशको आर्थिक समृद्धि गर्न सकिने भन्दै सहकारीका ७ शिद्धान्तलाई आत्मसाथ गरी अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा भुनपा ९ का वडाअध्यक्ष नारायण प्रसाद खनाल , स्थानिय बुद्धिजिबि गीरी प्रसाद पोख्रेल, वडासदस्य देबी पोख्रेल, हुमाकान्त पौडेल, संगीता परीयार, पदमपाणी चुँदाली ,साना किसान सहकारीका सचिब मिना भट्टराई, गंगा जमुना महिला सहकारीकि सचिव भगवता चुँदाली, नमुना युवा परीषद्का अध्यक्ष दिपक चुँदाली, स्थानीय गीरिराज घिमिरे लगायतले शुभकामना मनत्ब्य राख्नु भएको थियो ।
दिपक खाशुको अध्यक्षता, खडानन्द घिमिरेको स्वागत मनतब्य र मोतीराज भट्टराईको सन्चालनमा सम्पन्न कार्यक्रममा संस्थाकी मुना पोख्रेलले प्रतिबेदन पेश गर्नु भएको थियो ।