बाँगीको सयमा आजदेखि हाटबजार शुरु (तस्बिर सहित)

सागर महत  
बाँगी, अर्घाखाँची चैत्र २१ । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ५ बाँगीको सयमा आजदेखि हाटबजार शुरु  भएको छ ।
 कृषि, पशुपालन, पर्यटन विकासमा पुर्वाधार, प्रविधि हस्तान्तरण र समृद्ध सहकारी, मालारानीको मुल आधार भन्ने मुल नाराका साथ कृषी हाटबजारको राष्ट्रिय सभाका सदस्य चन्द्र बहादुर खड्काले उद्घाटन गर्नुभएको हो । 
हाटबजारको उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य खड्काले देशमा राजनीतिक क्रान्तिको समाप्ति भएसँगै अव कृषि क्रान्ति गर्न आवश्यक भएको बताउनु भयो । उहाँले गाउँमै उत्पादन भएका कृषिजन्य वस्तुको बजारिकरण गरेर आर्यआर्जनमा वृद्धि हुने बताउनुभयो । 
गाउँको विकासका लागि अव यो र त्यो पार्टी नभनि सबै एकजुट भएर अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले विदेशीएका युवा आफ्नै गाउँ ठाउँमा आएर कृषी गर्ने समय आएको बताउनु भयो । यसका लागी बजेट विनियोजनका लागी स्थानीय, प्रदेश र केन्द्रीय सरकारसँग पहल गरेको बताउदै कृषिजन्य वस्तु उत्पादन गर्न किसानहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाली कांग्रेस प्रेदश ५ की सचेतक निर्मला क्षेत्रीले मौसम अनुसारको तरकारी उत्पादन गर्न कृषकहरुलाई आग्रह गर्नुभयो । यस्तै मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बजार ब्यवस्थापनको लागी जग्गा भाडामा लिएर हाटबजारलाई व्यवस्थित बनाउने बताउनुभयो । 
कार्यक्रममा मालारानी गाउँपालिकाकी उपाध्यक्ष प्रमिला क्षेत्री, नेकपा प्रदेश सदस्य नरेन्द्र कुमार क्षेत्री, हाट बजार ब्यवस्थापन समितीका अध्यक्ष कमल प्रसाद पंन्थी, पत्रकार गणेश खनाल,नविन केसी सागर महत, सन्धिखर्क नगरपालिका वार्ड नं. १० का वडा सदस्य भेषराज क्षेत्री लगायत सयांै कृषकहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रम वडाध्यक्ष शोभाकर भुसालको अध्यक्षता, वडा सदस्य शंकर महतको स्वागत र वडा सचिव धर्मराज भुसालको संचालनमा सम्पन्न भएको हो । 
कार्यक्रममा स्थानीय स्तरमै उत्पादन भएका कृषिजन्य वस्तुको प्रद्धशनि समेत गरिएको थियो । 

अन्य समाचारहरु