जलुकेको लामाताल सडकको चैत २४ गते टोप बहादुर रायमाझीले उद्घाटन गर्ने

गणेश बेल्बासे ‘संगम’,
जलुके, अर्घाखाँची । प्रतिनिधी सभा सदस्य टोप बहादुर रायमाझी शितगंगा नगरपालिका वडा नं.७ जलुकेको लामातालमा आउने कार्यक्रम तय भएको छ । नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका रायमाझी सडक उद्घाटन गर्न आउन लाग्नुभएको हो ।
जिल्ला समन्वय समितिका उपप्रमुख ऋषी बहादुर पुलामीले दिएको जानकारी अनुसार पूर्व उपप्रधानमन्त्रि टोप बहादुर रायमाझीले लामातालमा यहि चैत २४ गते हुने कार्यक्रमको उदघाटन गर्नुहुने छ । बिहान १० बजे डिही, बुटेनी, राङ्कास, कानाचौर, दमारबेसी, लामाताल सम्मको बाटो उद्घाटन गर्ने बताइएको छ ।
उक्त कार्यक्रममा राष्ट्रिय सभाका सांसद चन्द्र बहादुर खड्का (उज्जवल), ५ नं. प्रवेश सभा सदस्य रामजी प्रसाद घिमिरे लगाएतको उपस्थिती रहने डिही बुटेनी राङ्कास कानाचौर दमारबेसी लामाताल बाटो उपभोक्ता समूहका अध्यक्ष गोपाल घर्तीले जाकारी गराउनु भएको छ ।
डिही बुटेनी राङ्कास कानाचौर दमारबेसी लामाताल बाटो उपभोक्ता समूहका सचिव जिवन रेश्मीले पायक पर्ने सम्पूर्ण स्थानिय उपभोक्ताहरुलाई चैत २४ गते बिहान १० बजे उपस्थिती हुन अनुरोध गर्नु भएको छ ।

अन्य समाचारहरु