सिद्धाराको खयरभट्टी सामुदायिक स्वास्थ ईकाई उद्घाटन कार्यक्रम सम्पन्न

(प्रकासित मिती: २०७५ चैत्र २१, विहीवार)

अर्घाखाँचीडट्कम संवाददाता 
सिद्धारा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धाराको खयरभट्टी समुदायक स्वास्थ ईकाई उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । 
बुधबारका दिन शितगंगा नगरपालीका वडा नं. ११ का वडा अध्यक्ष कोपिला चन्द आले र जिल्ला खोप अधिकृत राम प्रसाद गौतमले उद्घाटन गरेपछि सो सामुदायिक स्वास्थ्य इकाई संचालनमा आएको हो ।
उक्त कार्यक्रममा स्वास्थ्य स्वयमसेविका, विभिन्न विद्यालयका प्रअ तथा शिक्षक, स्थानिय समाजसेवी तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । स्वास्थ्य चौकी आफ्नै भवनबाट सेवा दिने गरी सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गरिएको वडा अध्यक्ष कोपिला चन्द आलेले बताउनु भयो ।
सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रम वडा नं.११ का वडा अध्यक्ष कोपिला चन्द आलेको अध्यक्षता र जिल्ला खोप अधिकृत राम प्रसाद गौतमको प्रमुख आतिथ्यता र शितगंगा स्वास्थ्य प्रमुख कृष्ण प्रसाद पौडेलको विशिष्ट अतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन सिद्धारा स्वास्थ्य चौकीका प्रमुख देवि प्रसाद भुसालले गर्नु भएको थियो ।

अन्य समाचारहरु