सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ अर्घाखाँचीको जिल्ला प्रतिनिधि सभा विपि स्मृति भवन सन्धिखर्कमा आज सम्पन्न भएको छ ।
प्रतिनिधि सभा कार्यक्रममा नेपाल शिक्षक संघका सस्थापक केन्द्रीय अध्यक्ष देवेन्द्र प्रसाद उपाध्यायले शिक्षकका हकहितकालागि राज्यले कुनै पहल नगरेको बताउनु भयो । उहाले देसमा रहेको शिक्षाको विभेदकारी निति हटाउन सबै लाग्नु पर्ने बताउदै आफ्ना पेशागत हक र हितकालागि सबै शिक्षक एकजुट हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल शिक्षक महासघका केन्द्रीय महासचिव लक्ष्मी किसोर सुवेदी, केन्द्रिय सदस्य छोटेलाल प्रसाद शाह, जिल्ला समन्वय समितका प्रमुख पिताम्वर शर्मा, नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल (मुस्कान), सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, प्रदेस सांसद निर्मला क्षेत्री, शितगंग नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी, कांग्रेसका जिल्ला सचिव छविलाल पौडेल, क्षेत्रीय सभापति तथा पाणिनि गाँउपालिकाका अध्यक्ष अच्युत गौतम, छत्रदेव उपाध्यक्ष तुलसादेवी श्रेष्ठ, शिक्षक संघका पुर्ब अध्यक्ष गणेश बहादुर सिंह, ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष सुमन्त प्रसाद बस्याल लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा शिक्षक संघको सांगठनिक प्रतिवेदन शिक्षक संघका जिल्ला अध्यक्ष यादव प्रसाद घिमिरेको अध्यक्षता र आर्थिक प्रतिवेदन अर्थ सचिव कृष्ण प्रसाद अधिकारीले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव प्रसाद घिमिरेको अध्यक्षता र सचिव लालमणी पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।