हृदय भुसाल
सन्धिखर्क, अर्घाखाँची २३ चैत्र । जिल्ला प्रशासनले दिने विभिन्न सेवा लिन बच्चा लिएर प्रशासन पुगेका आमाहरुलाई सहज र सजिलोको लागी जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले स्तनपान कक्षको ब्यवस्था गरेको छ ।
महिला सेवाग्राहीको आवश्यकतालाई ध्यान दिदै महिलामैत्री सेवा प्रवाहका लागी स्तनपान कक्षको ब्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले वताए ।
प्रजिअ लामीछानेले भने,‘अव सेवा लिन आउने महिलाले लाज मान्नुपर्दैन सहज रुपमा स्तनपान गराउने छुटै कक्षको ब्यवस्था गरेका छौ’।
नेपाल सरकारको निती वमोजिम नै कार्यालयमा सेवा लिन आउने महिला केही समय कुर्नु पर्ने अवस्थामा सजिलै संग बच्चाको हेरचाह गदै सहज रुपमा स्तनपान गराउन सकुन भन्ने उदेश्यले स्तनपान कक्ष स्थापना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु वेल्वासेले वताए ।
नागरिक सहायता कक्ष सञ्चालन गरि सेवाग्राहीलाई सहज छिजो छरितो तथा पारदर्र्शी रुपमा काम गर्दे आएको प्रशासनल अहिलेवाट स्तनपान कक्ष पनि निमार्ण गरि सुत्केरी महिलाहरु लाई स्तनपानको लागी सहज वनाईएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिए ।
सेवा लिन आएकी स्थानिय सेवाग्राही भुमिकास्थान नगरपालिका १० निवासी गिता भट्टराईले भनिन,‘सानो वच्चा संग काम गर्न आउँदा वच्चा रुदा स्तन पान गराउन होटेलमै जानु पर्ने वाध्यता थियो अव धेरै सजिलो भयो,।
अर्की सेवाग्राही समिता परियारले भनिन,‘मेरो बच्चा निकै रोयो त्यही वच्चा राख्ने ठाउँमा गएर दुध सुवाए अनि एकछिन मै वच्चा पनि फक्कियो उता काम पनि भएछ’।
स्तनपान कक्ष निमार्णका लागी सन्धिखर्क नगरपालिकाको कार्यालयले २ लाख रुपैया वजेट निनियोजन गरेको सन्धिखर्क नगरपालीकाका शाखा अधिकृत गोविन्द केसीले वताए ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जवादेहीता,पारदर्शिता र जनसहभागी जस्ता सामाजिक जवाफदेहिताका बिभिन्न औजारहरुलाई केन्दित गरि सुशासन कायम गर्न बिभिन्न रचनात्मक काम गदै स्थानिय जनताको माग र आवश्यकताको आधारमा विभिन्न स्थानहरुमा एकै स्थानवाट सवै सुविधा दिने गरि धुम्ती शिविरहरु सञ्चालन गदै आएको छ ।
अव सार्वजनीक सेवा प्रवाह गर्ने निकाएहरुले नागरिक सहायता कक्ष, स्तनपान कक्ष संगै जेष्ठ नागरिक र फरक क्षमता भएका ब्यतmीहरुका लागी पनि बिशेष ब्यवस्था अनिवार्य गर्नु पर्ने देखिन्छ त्यता तर्फ सवै सरोकारवालाको ध्यान जान जरुरी छ