प्रेमनारायण आचार्य
नरपानी, अर्घाखाँची २३ चैत । पर्यावरण संरक्षण तथा सामुदायिक विकास केन्द्र अर्घाखाँचीले आज सन्धिखर्कको नरपानीमा भब्य कार्यक्रमका साथ २५ औ वार्षिक उत्सब तथा रजत जयन्ती मनाएको छ ।
२०५० साल चैत २३ गते जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा दर्ता भएको यस सस्थाले गरिवी निवारण, समाजिक विकास, आय आर्जन, महिला , दलित र जनजाती उत्थान , नेतृत्व विकास लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
रजत जयन्तीको जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्माले पानसमा दिप प्रज्वलित गरेर उद्धाटन गर्नु भएको हो । कार्यक्रममा सस्थालाइ सहयोग गर्ने सहयोगी महानुभाव, उत्कृष्ट कर्मचारी लगायतलाइ सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितका प्रमुख पिताम्वर शर्मा, शितगंगा नगरपालिकाका नगर उपप्रमुख सुर्य प्रसाद अधिकारी, जिल्ला समन्वय समितका उपप्रमुख ऋषिबहादुर पुलामी, हेफरका कार्यक्रम निर्देशक डाक्टर तिर्थराज रेग्मी, डाक्टर लक्ष्मण घिमिरे लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम सस्थाका अध्यक्ष हरिबहादुर खड्काको अध्यक्षता, नेत्रप्रसाद मरासिनीको सञ्चालन र इन्सु मियाको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।