गणेश बेल्बासे “संगम “
ठाडा, अर्घाखाँची, २३ चैत । अर्घाखाँचीको शितगंगा नगरपालिका स्थित ठाडादहमा एकिकृत अखिल नेपाल शिक्षक संगठन शितगंगा नगरको विस्तारित बैठकबाट अध्यक्षमा धर्मराज खनाल सर्वसम्मत चयन हुनु भएको छ ।
उक्त विस्तारीत बैठकबाट नगर कमिटिको पुनः गठन गरिएको हो । जसमा धर्मराज खनालको अध्यक्षतामा २१ सदसिय कमिट चयन गरिएको छ । वरिष्ठ उपाध्यक्षमा दिपक भुसाल, महिला उपाध्यक्षमा तुल्सा विसी, उपाध्यक्षमा भिमार्जुन पौडेल, सचिवमा केशव बेल्बासे, अर्थ सचिवमा गुणानिधी अधिकारी, सहसचिवमा श्री बाबुराम पाण्डे सहितको १७ सदस्य कमिटि चयन भएको छ । साथै श्याम विसीको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समितीको गठन भएको छ ।
त्यस्तै संगठनको शितगंगा नगरपालिका भित्रका वार्डहरुको वाड इन्चार्ज समेत गठन गरियो
सोही अवसरमा निवर्तमान एकिकृत अखिल नेपाल शिक्षक संगठनका नगर अध्यक्ष टोमलाल आचार्य सरुवा भई सन्धिखर्क नगरपालिकामा जानु भएको हुदाँ उहाँलाई विदाई गरिएको थियो । त्यस्तै नेपाल शिक्षक संघ परित्याग गरी प्रवेश शिक्षकहरुलाई प्रमुख अतिथीबाट टिकाअबिर लगाई स्वागत गरिएको थियो ।
कार्यक्रम शिक्षक संगठनका टोमलाल आचार्यको अध्यक्षता, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष मान बहादुर पाण्डेको प्रमुख अतिथ्यता र एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समितीका अध्यक्ष युवराज भुसाल र नेकपाको शितगंगा नगर कमिटीका सचिव मणि अधिकारीको विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक संगठनका सचिव केशव बेल्बासेले गर्नु भएकोे थियो ।