अर्घाको धरमपानी साबुन बनाउने तालिम सुरु

कमला पोख्रेल
धरमपानी, सन्धिखर्क २४ चैत । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १० अर्घाको धरमपानी साबुन बनाउने तालिम आईतबार देखि सुरु भएको छ । 
वडा स्तरीय महिला सञ्जाल सन्धिखर्क १० को आयोजना र सन्धिखर्क नगरपालिका वाड नम्वर १० को सहयोगमा महिलाहरुको लागि सञ्चालन गरिएको तालिममा ८० जना महिलाहरुको सहभागिता रहेको छ । 
तालिमको उद्धाटन समारोहमा वडा सदस्य चमकला भुसाल, ऋषिकेस भुसाल, भेसराज क्षेत्री, पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य लगायतले मन्तब्य राखेका थिए । 
तीन दिन सम्म चल्ने तालिमको सहजीकरण राधा विसीले गर्नु भएको छ । कार्यक्रम वडा स्तरीय महिला सञ्जालकी अध्यक्ष मिश्रा आचार्यको अध्यक्षता, इन्दिरा हमालको स्वागत मन्तब्य र कमला पराजुलीको सञ्चालनमा सम्पन्न भएको हो । 

अन्य समाचारहरु