प्रेमनारायण आचार्य
अर्घाखाँची २४ चैत । आफुहरुले उत्पादन गरेको तरकारी खेतीले उचित बजार नपाएको कृषकहरुले गुनासो गरेका छन ।
किसान परियोजनाको सहयोगमा आचार्य एग्रोभेट सेन्टरले जिल्लाकै सबै भन्दा बढी तरकारी उत्पादन हुने घोचेखोलामा आज आइतबार गरेको कृषक दिवस कार्यक्रममा कृषकहरुले उत्पादनको बजार नपाएको र विचौलियाले मनग्ये फाइदा उठाएको बताएका हुन । घोचेखोलामा अहिले बन्दा फुलगोभी , साग लगायतका तरकारी उत्पादन भैरहेका छन । तर बजार नपाउदा तरकारी खेतमै कुहिन थालेको छ । कृषकका समस्यामा सम्बन्धित निकाय मौन देखिएको उनीहरुले आरोप लगाएका छन ।
कृषक दिवस कार्यक्रममा किसान परियोजनाका क्षेत्रीय संयोजक विश्व पोख्रेल, कृषि जोन कार्यक्रमका थीरलाल गैरे, कृषकहरु गणेश बन्जाडे, पुस्करनाथ बन्जाडे, जानका बन्जाडे, पिताम्वर बन्जाडे, नारायण भटराइ, रिता आचार्य, पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य , आचार्य एग्रोभेटका सञ्चालक प्रदिप आचार्य लगायतले मन्तब्य राखेका थिए ।
जिल्लामा पहिलो पट्क निजि छेत्र मध्ये आचार्य एग्रोभेट सेन्टरले कार्यक्रम को आयोजना गरेको उक्त कार्यक्रमा कृषकका सिकाई भोगाइ को बारेमा छलफल समेत गरिएको थियो। यसरी निशुल्क रुपमा कृषकको खेत बारिमानै पुगि सेवा उपलब्ध गराएपछि कृषकहरु उत्साहीत र कृषि ब्यबसाएमा लाग्ने र निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरेका छ्न । आगामी दिनमा अझ भरपर्दो ,गुणस्तरीय ,सुलभ सेवाको लागि किसान कार्ड को समेत ब्यबस्था गर्ने आचार्य एग्रोभेट सेन्टरका प्रोपराइटर प्रदिप आचार्यले बताएका छ्न। कार्यक्रममा एक सय ५० जना बढि कृषकहरु सहभागी रहेका थिए ।
कार्यक्रम घोचेखोला कृषक समुहका अध्यक्ष मधु बन्जाडेको अध्यक्षता, अस्मीता आचार्यको सञ्चालन र मित्रबहादुर बिसीको स्वागतमा सम्पन्न भएको हो ।