अड्गुरी एजुकेशन एण्ड शउल डेभ्लपिंग बोर्डिंग स्कूलको आठौ वर्षको परिक्षाफल सार्वजनिक

अर्घाखाँची डटकम्  संवाददाता 
अड्गुरी, अर्घाखाँची   । पाणीनी ७ अड्गुरी पाणिनी गाँउपालिका स्थित अड्गुरी एजुकेशन एण्ड शउल डेभ्लपिंग वोर्डिंग स्कुल स्कुलको आठौ वर्षको परिक्षाफल सार्वजनिक भएको छ ।
एक्काईसौ शताब्दिको आधुनिक शिक्षा प्रणालीलाई मध्यनजर गर्दै अंग्रेज़ी विषयलाई सरकारी स्तरवाट समेत भाषा कक्षा सुरु गरि रहेको अवस्थामा निजी तथा आवासीय विद्यालयले कडा प्रतिस्पर्धा विच पनि ग्रमिण क्षेत्रमा शिक्षाको आधुनिक सैली अपनाउदै शिक्षाको कारण देखाएर सुगम स्थलमा वसाई सराई गर्ने संस्कार परिवर्तन गर्ने उद्देश्य स्वरुप यस प्रकारका विद्यालय संचालनमा ल्याउनु परेको धारणा ग्यालेक्सी ईंगलिस वोर्डिंग स्कुलका प्रिन्सीपल वेदराज वेल्वासेको थियो ।
विद्यालय संरक्षक समिती अध्यक्ष शुसील खनालको अध्यक्षता,विद्यालयका संस्थापक अध्यक्षको प्रमुख आथित्यता,भ्वाईस प्रिन्सिपल दुर्गा पौडेलको स्वागत मन्तव्य र शिक्षक डिपी अधिकारी संचालनमा सम्पन्न भएको थियो । जम्मा विद्यार्थि १७५ जना विद्यार्थी रहेको यो स्कुलमा विविध कलात्मक प्रतिभा पनि रहेका छन  । विभिन्न श्रेणीमा पुरस्कार पाउनेको सख्य अधिकतम नै रहेको थियो । 
– तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम

अन्य समाचारहरु