नुवाकोटको लात्तेमाजमा जीप दुर्घट्ना हुँदा ३ जनाकाे मुत्यु, १६ घाइते (मृत्‍यु हुने र घाईतेहरुको विवरण, तस्बिर सहित)


अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट खिल्जी  हुँदै प्युठानको बरौला जाँदै  गरेको  जीप भुमिकास्थान नगरपालिकाको वार्ड  नम्बर  ८ नुवाकोटको लात्तेबाजमा दुर्घटना हुँदा  ३ जनाकाे मुत्यु भएकाे  छ ।  १६ जना घाइते भएका छन्।
सन्धिखर्कबाट छुटेको   लु १ ज १२२९ नम्बरको जिप दिउँसो २ बजे  नुवाकोटको लात्तेबाँझको उकालोमा ब्रेक फेल भएपछि सडकबाट तल खस्दा दुर्घटना भएको थियो।
दुर्घटना परी मृत्यू हुनेमा प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षिय मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षीय धनबहादुर राना र सन्धिखर्क नगरपालिका – १२ डिर्भनाका ३ वर्षका प्रिन्स श्रेष्ठको मृत्यू भएको छ। बालकको सन्धिखर्क अस्पतालमा निधन भएको  थियो।
१४ सिट सवार जिपमा चालक बाहेक १८ जना यात्रु थिए।  घाइते १६ जनामध्ये १५ जनालाई थप उपचारका लागि अञ्चल अस्पताल बुटवल-भैरहवा रिफर गरिएको छ भने एक जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ। गाडी दुर्घटनामा घाईते भएका १५ जनालाई सन्धिखर्क अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ ।

मृत्‍यु हुनेको विवरण:-
(१)-  मोनिका आचार्य प्युठान, ऐरावति गाउँपालिका वडानम्वर ६ बैरेनीकी १४ बर्षिया
(२) धनबहादुर राना प्युठान ऐरावतीकै ५२ वर्ष
(३) प्रिन्स श्रेष्ठ, सन्धिखर्क नगरपालिका – १२ डिर्भनाका ३ वर्ष
घाईतेहरुको विवरण:-
(१)- भुमिकास्थान ९ का भारती थापा
(२) –  भुमिकास्थान ७ का शिवबहादुर रायमाझी
(३) सन्धिखर्क १२ का विष्णुमायाँ श्रेष्ठ
(४) भुमिकास्थानका ज्ञानु थापा
(५) रोल्पाका रेगबहादुर थापा
(६) रोल्पाका निर्मला घर्ती मगर
(७)  सन्धिखर्क ९ का मुमादेवी आचार्य
(८) मालारानी ५ का सन्ध्या भुसाल
(९) प्युठान ऐरावतीका सोनु शाही
(१०) प्युठान ऐरावतीका डेविट विक्रम शाह
(११) सन्धिखर्क १२ का राजेश नेपाली
(१२) भुमिकास्थान ५ का मिना बन्जाड
(१३) भुमिकास्थान ८ का हिराबहादुर विक
(१४) भुमिकास्थान ६ का संगीता घर्ती
(१५) भुमिकास्थान ५ का जीवन थापा
(१६) भुमिकास्थान नगरपालिका ६ का ड्राईभर श्यामबहादुर थापा
ड्राईभर श्यामबहादुर थापालाई पनी भैरहवा रिफर गरिएको प्रहरी निरिक्षक गम्भीर जंग शाहले जानकारी दिए । गाडी दुर्घटना गराएका चालक थापालाई प्रहरीको नियन्त्रणमा उपचारका लागी भैरहवा लगिएको छ । भुमिकास्थान ५ का जिवन राना भने जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भईरहेको छ ।

जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ।  गाडी चालक भुमिकास्थान नगरपालीका ६ का घाइते जिप चालक श्यामबहादुर  घर्ती  प्रहरीको नियन्त्रणमा  रहेको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए। गाडी दुर्घटना भएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्य समाचारहरु