नुवाकोटको लात्तेबाज जीप दुर्घट्नामा मृत्यु हुनेको संख्या ४ पुग्यो (मृत्यु हुने र घाईतेहरुको विवरण)
चैत्र २७ गते, २०७५ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको वार्ड नम्बर ८ नुवाकोटको लात्तेबाज न्यूडाँडामा भएको जीप दुर्घट्नामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । १५ जना घाइते भएका छन्।
घटनास्थलमा २ जना मोनिका आचार्य र धनबहादुर राना, जिल्ला अस्पतालमा उपचारको क्रममा एक जना बालक प्रिन्स श्रेष्ठ र भैरहवा रिफर गरिएका मध्ये एक जना बिष्णुमाया श्रेष्ठको मृत्यु भएको हो ।
सन्धिखर्कबाट खिल्जी हुँदै प्युठानको बरौला जाँदै गरेको लु १ ज १२२९ नम्बरको देउराली यातायातको जीप सोमबार दिउँसो २ बजे लात्तेबाजमा दुर्घट्ना मृत्यु हुनेमा (१)- मोनिका आचार्य प्युठान, ऐरावति गाउँपालिका वडानम्वर ६ बैरेनीकी १४ बर्षिया (२) धनबहादुर राना प्युठान ऐरावतीकै ५२ वर्ष (३) प्रिन्स श्रेष्ठ, सन्धिखर्क नगरपालिका – १२ डिर्भनाका ३ वर्ष (४) बिष्णुमाया श्रेष्ठ, सन्धिखर्क १२ डिभर्ना ३० रहेका छन् ।
बिष्णुमाया श्रेष्ठ र प्रीन्स श्रेष्ठ आमा छोरा हुन् । उता मृत्यु हुनेको संख्या बढन् सक्ने प्रहरीले बताएको छ ।
जीप दुर्घट्नाको कारण क्षमता भन्दा बढी यात्रु बोक्दा
उता लात्तेबाजमा भएको जीप दुर्घट्नाको कारण क्षमता भन्दा बढी यात्रु बोक्दा भएको खुलेको छ ।
१४ सिट सवार जिपमा चालक बाहेक १८ जना यात्रु थिए। जीपमा १९ जना यात्रु त्यसमा पनि छतमा समेत रहेको र जोखिमपूर्ण सडकको कारण दुर्घटना भएको स्थानीयले बताएका छन् । उकालोको ओभर लोडका कारण गाडी पछाडी सरेर खसेको दुर्घटनाका घाइतेहरुले बताएका छन् । उता घाइते सोनु शाहीका अनुसार केटीसँग जिस्केका कारण दुर्घटना भएको हो। तर उनिले भनिन् पोखेडाँडा पुगेको गाडी फेरि बजार झारेर मान्छे लगेर हालेको हो । शाहीका अनुसार अगाडीको सिटमा ड्राईभर सहित ४ जना, दोेस्रो सिटमा बालबालिका सहित ८ जना रहेका थिए ।
गाडी चालक भुमिकास्थान नगरपालीका ६ का घाइते जिप चालक श्यामबहादुर घर्तीले लात्तेबाँझको उकालोमा ब्रेक फेल भएपछि दुर्घटना भएको बताएका छन् । तर गाडी दुर्घटना भएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घट्नामा परी मृत्यू हुनेमा प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षिय मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षीय धनबहादुर राना र सन्धिखर्क नगरपालिका – १२ डिर्भनाका ३ वर्षका प्रिन्स श्रेष्ठको मृत्यू भएको छ। बालकको सन्धिखर्क अस्पतालमा निधन भएको थियो।
घाइते १६ जनामध्ये १५ जनालाई थप उपचारका लागि अञ्चल अस्पताल बुटवल रिफर गरिएको थियो। भने एक जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ।
उता जीप दुर्घट्ना भएको थाहा पाएपछि जिल्लाबासीको घ्यान दिनभर लात्तेबाजमा गएको थियो । अर्घाखाँचीमा देउराली यातायातका पुराना गाडी खुलेआम सञ्चालनमा आइरहेका छन् ।
जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ। अर्घाखाँचीमा साघुरो कच्ची सडकको जोखिम हुँदा हुँदै पनि यहाँ चल्ने जीपहरुले क्षमता भन्दा बढी यात्रु बोकेर हिँड्ने गरेको देखिन्छ । तर प्रहरीले कुनै कारबाही चलाऊन सकेको छैन् ।
मृत्यु हुनेको विवरण:-
(१)- मोनिका आचार्य प्युठान, ऐरावति गाउँपालिका वडानम्वर ६ बैरेनीकी १४ बर्षिया
(२) धनबहादुर राना प्युठान ऐरावतीकै ५२ वर्ष
(३) प्रिन्स श्रेष्ठ, सन्धिखर्क नगरपालिका – १२ डिर्भनाका ३ वर्ष
(४) बिष्णुमाया श्रेष्ठ, सन्धिखर्क १२ डिभर्ना ३०
घाईतेहरुको विवरण:-
(१)- भुमिकास्थान ९ का भारती थापा
(२) – भुमिकास्थान ७ का शिवबहादुर रायमाझी
(३)
(४) भुमिकास्थानका ज्ञानु थापा
(५) रोल्पाका रेगबहादुर थापा
(६) रोल्पाका निर्मला घर्ती मगर
(७) सन्धिखर्क ९ का मुमादेवी आचार्य
(८) मालारानी ५ का सन्ध्या भुसाल
(९) प्युठान ऐरावतीका सोनु शाही
(१०) प्युठान ऐरावतीका डेविट विक्रम शाह
(११) सन्धिखर्क १२ का राजेश नेपाली
(१२) भुमिकास्थान ५ का मिना बन्जाड
(१३) भुमिकास्थान ८ का हिराबहादुर विक
(१४) भुमिकास्थान ६ का संगीता घर्ती
(१५) भुमिकास्थान ५ का जीवन थापा
(१६) भुमिकास्थान नगरपालिका ६ का ड्राईभर श्यामबहादुर थापा
ड्राईभर श्यामबहादुर थापालाई पनी भैरहवा रिफर गरिएको प्रहरी निरिक्षक गम्भीर जंग शाहले जानकारी दिए । गाडी दुर्घटना गराएका चालक थापालाई प्रहरीको नियन्त्रणमा उपचारका लागी भैरहवा लगिएको छ । भुमिकास्थान ५ का जिवन राना भने जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भईरहेको छ ।