लात्तेबाज जीप दुर्घट्ना: १४ बर्षिया मोनिका परिक्षाको नतिजा सुन्न नपाई सदाको लागि विदा भईन्
चैत्र २७ गते, २०७५ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको वार्ड नम्बर ८ नुवाकोटको लात्तेबाजमा भएको जीप दुर्घट्नामा परी प्युठान जिल्लाको ऐरावती गाउँपालिका वार्ड नम्वर ६ बैरेनीकी १४ बर्षिया मोनिका आचार्य परिक्षाको नतिजा सुन्न नपाई सदाको लागि विदा भएकी छिन् ।
ऐरावतीको बरौला स्थित मोती माद्यामिक विधालयबाट कक्षा-८ को गाउँपालीका स्तरीय परीक्षा दिएकी थिईन् । परिक्षा दिई फुर्सदको समयमा आफन्त भेटन् अर्घाखाँची आएकी थिईन् ।
मोती माद्यामिक विद्यालयका शिक्षक महेश कुमार श्रेष्ठका अनुसार छात्रा मोनिका आचार्य कक्षा १ देखि ७ सम्म प्रथम हुँदै आएकी थिईन् । यस्तै कक्षा-८ अहिलेसम्म चेक गरिए अनुसार उनी कक्षा प्रथम भएकी छिन् ।
उता छात्रा मोनिका आचार्यको लात्तेबाजमा भएको जीप दुर्घट्नामा परी निधन भएपछि मोती माद्यामिक विद्यालय शोकमा डुबेको छ ।
यस्तै नुवाकोटको लात्तेबाजमा भएको जीप दुर्घट्नामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । १५ जना घाइते भएका छन्।
घटनास्थलमा २ जना मोनिका आचार्य र धनबहादुर राना, जिल्ला अस्पतालमा उपचारको क्रममा एक जना बालक प्रिन्स श्रेष्ठ र भैरहवा रिफर गरिएका मध्ये एक जना बिष्णुमाया श्रेष्ठको मृत्यु भएको हो ।
सन्धिखर्कबाट खिल्जी हुँदै प्युठानको बरौला जाँदै गरेको लु १ ज १२२९ नम्बरको देउराली यातायातको जीप सोमबार दिउँसो २ बजे लात्तेबाजमा दुर्घट्ना मृत्यु हुनेमा (१)- मोनिका आचार्य प्युठान, ऐरावति गाउँपालिका वडानम्वर ६ बैरेनीकी १४ बर्षिया (२) धनबहादुर राना प्युठान ऐरावतीकै ५२ वर्ष (३) प्रिन्स श्रेष्ठ, सन्धिखर्क नगरपालिका – १२ डिर्भनाका ३ वर्ष (४) बिष्णुमाया श्रेष्ठ, सन्धिखर्क १२ डिभर्ना ३० रहेका छन् ।
बिष्णुमाया श्रेष्ठ र प्रीन्स श्रेष्ठ आमा छोरा हुन् । उता मृत्यु हुनेको संख्या बढन् सक्ने प्रहरीले बताएको छ ।
मृत्यु हुनेको विवरण:-
(१)- मोनिका आचार्य प्युठान, ऐरावति गाउँपालिका वडानम्वर ६ बैरेनीकी १४ बर्षिया
(२) धनबहादुर राना प्युठान ऐरावतीकै ५२ वर्ष
(३) प्रिन्स श्रेष्ठ, सन्धिखर्क नगरपालिका – १२ डिर्भनाका ३ वर्ष
(४) बिष्णुमाया श्रेष्ठ, सन्धिखर्क १२ डिभर्ना ३०
घाईतेहरुको विवरण:-
(१)- भुमिकास्थान ९ का भारती थापा
(२) – भुमिकास्थान ७ का शिवबहादुर रायमाझी
(३)
(४) भुमिकास्थानका ज्ञानु थापा
(५) रोल्पाका रेगबहादुर थापा
(६) रोल्पाका निर्मला घर्ती मगर
(७) सन्धिखर्क ९ का मुमादेवी आचार्य
(८) मालारानी ५ का सन्ध्या भुसाल
(९) प्युठान ऐरावतीका सोनु शाही
(१०) प्युठान ऐरावतीका डेविट विक्रम शाह
(११) सन्धिखर्क १२ का राजेश नेपाली
(१२) भुमिकास्थान ५ का मिना बन्जाड
(१३) भुमिकास्थान ८ का हिराबहादुर विक
(१४) भुमिकास्थान ६ का संगीता घर्ती
(१५) भुमिकास्थान ५ का जीवन थापा
(१६) भुमिकास्थान नगरपालिका ६ का ड्राईभर श्यामबहादुर थापा
ड्राईभर श्यामबहादुर थापालाई पनी भैरहवा रिफर गरिएको प्रहरी निरिक्षक गम्भीर जंग शाहले जानकारी दिए । गाडी दुर्घटना गराएका चालक थापालाई प्रहरीको नियन्त्रणमा उपचारका लागी भैरहवा लगिएको छ । भुमिकास्थान ५ का जिवन राना भने जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भईरहेको छ ।