हृदय भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट करिव ७ किलोमिटर नजिक भुमिकास्थान नगरपालिका ८ नुवाकोट लात्तेबाजमा सोमवार दिउँसो भएको जीप दुर्घटना प्रति प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले दुःख व्यक्त गर्नुभएको छ ।
घिमिरेले बाटोको नमुना जिल्लाको रुपमा रहेको अर्घाखाँचीमा अझ सवारी दुर्घट्नाका खबर आउनु दुखद भएको भन्दै मृतकका आफन्त जनमा समबेदना अर्पण गर्नुभएको छ । घिमिरेले मृतकहरुमा गहिरो श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।
अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट खिल्जी हुँदै प्युठानको बरौला जाँदै गरेकोे जीप भुमिकास्थान नगरपालिकाको वार्ड नम्बर ८ नुवाकोटको लात्तेमाजमा दुर्घट्ना हुँदा ४ जनाको मुत्यु भएका थियो । १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका १२ डिर्भनाका वर्ष ३ का प्रिन्स श्रेष्ठ, सो उनकी आमा बिष्णुमाया श्रेष्ठ, प्युठान ऐरावती गाउँपालिका २ का ५० वर्षीय धनबहादुर राना र प्युठानको ऐरावति गाउँपालिका वर्ष की १४ की मनीका आचार्य रहेका छन ।
सन्धिखर्कबाट प्युठानका लागि छुटेको लु १ ज १२२९ नम्बरको जिप दिउँसो २ बजे नुवाकोटको लात्तेबाँझको उकालोमा दुर्घट्ना भएको थियो । जिप उकालोमा ब्रेक फेल भएपछि दुर्घट्ना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।