अर्घाखाँचीमा सबारी साधन माथि कडाई, यात्रुबाहक सवारीले व्यापारिक प्रयोजनाका समान बोक्न नपाईने (निर्णय सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको वार्ड  नम्बर  ८ नुवाकोटको लात्तेबाज  न्यूडाँडामा भएको जीप  दुर्घट्नामा परी ४ मृत्‍यु र  १५ जना घाइते भएपछि सन्धिखर्कमा सबारी साधन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धि सर्बदलिय सर्बपक्षिय सम्बन्धित सरोकारवालासंगको बैठक सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामिछानेको अध्यक्षतामा बसेको सर्बदलिय बैठकले सबारी साधन व्यवस्थापनमा विभिन्न निर्णय गरेको छ । सवारि साधनमा चालक राख्दा उमेर, दक्षता, विश्वसनियता गाडी धनिले यकिन गरेर मात्र चाकलाई राख्ने, सडक डिभिजन कार्यालय र स्थानीय तहहरुलाई सडकको स्तरोन्नति गर्न लगाउने, ट्राफिक प्रहरीद्धारा सवारि चालक र याुत्रहरुलाई सचेतनामुलक प्रशिक्षण दिने, ट्राफिक प्रहरीले राजमार्ग, सहायक राजमार्ग र सडकमा विशेष निगरानि राख्ने लगायतका महत्वपुर्ण निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनु भयो । 
यस्तै बैठकले क्षमता भन्दा बढी यात्रु बोक्न नपाईने,  यात्रुबाहक सवारीहरुले व्यापारिक प्रयोजनाका समान बोक्न नपाईने, ट्राफिक प्रहरीले राजमार्ग, गाउँ- गाउँका सडकहरुमा चेकजाचलाई कडाई गर्ने, सडक दुर्घटनाको श्रृङखला दोहोरिन नदिन चालक तथा सहचालकलाई सुरक्षा शिक्षा दिने, तथा यात्रुहरुलाई सचेतना कार्यक्रम दिदै जाने, पुराना सवारीहरुलाई क्रमश: विस्तापित गर्दै जाने, सडक मर्मत गर्दै जाने लागायतका निर्णय गरेको छ । 
साथै बैठकले सवारि साधनको नियमित चेकजाँच, सवारि साधनमा क्षमताभन्दा बढि यात्रु नराख्न र व्यापारिक प्रयोजनका गाडीलाई यात्रु नबोक्न सम्बन्धित पक्षलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । गएको सोमवार नुवाकोटको लात्तेबाँजमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउने प्रति भावपुर्ण श्रद्धाञ्जलि र घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको बैठकमा सहभागि पत्रकार अशोक खनालले जानाकारी दिनुभयो । यस्तै सवारि साधनको गुणस्तर र चेकजाँच गर्नका लागि प्राविधिक खटाउन यातायात व्यवस्था कार्यालय बुटवललाई सिफारिस सहित अनुरोध गर्ने भएको छ ।   
पुराना सवारी  साधनलाई कच्ची सडकबाट विस्थापन गर्न रायसुझाव सहित ३ हप्ताभित्र पेश गर्न सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्वासेको संयोजकत्वमा समिति गठन समेत भएको छ । 
बैठकका निर्णयहरु:- 

अन्य समाचारहरु