ठुलापोखरामा बाेयर क्रस जातका पाठी वितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
ठुलापोखरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ६ ठुलापोखरामा गरिवीसँग विश्वेश्वर कार्यक्रम अन्तरगत बाेयर क्रस जातका पाठी वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।    
गरिब सँग विश्वेश्वर कार्यक्रमकाे पुँजिगत बजेटबाट उक्त समुहका विपन्न सदस्यहरूलाई बाेयर क्रस जातका पाठी वितरण कार्य सम्पन्न भएकाे हो 
अघिल्लाे आर्थिक वर्षमा जस्तै यसवर्ष पनि यस वार्ड नम्बर ६ लाई बाेयर जातकाे उन्नत बाख्राकाे हवकाे रूपमा विकसित गराउने लक्ष्यका साथ कुल १३ वटा बाख्रा वितरण भएका छन् । 
बाेयर क्रस जातका पाठी वितरण कार्यक्रममा गाउँपालिका प्रमुख लेखनाथ पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।  

अन्य समाचारहरु