सन्धिखर्क नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा पुन: जीवन ज्ञवाली आउँदै

डिभी कार्की 
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँचीको प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली सरुवा भएका छन ।
लामो समयदेखि स्थानिय किकास मन्त्रालयमा अनुभव बटुलेका ज्ञवाली निकै पारदर्सि काम गर्ने हक्कि स्वाभाव भएका ब्यक्ति हुन । ज्ञवालि यस अघि पनि सन्धिखर्क नगरपालिका दुई पटक सरुवा भई छोटो अबधि काम गरेका ब्यक्ति हुन ।
सन्धिखर्क नगरपालिकाबाट पाल्पा तान्सेन नगरपालिका सरुवा भएका ज्ञवालिलाई मन्त्रालयले पुन सन्धिखर्कमा जबरजस्ती सरुवा गरेको थियोे । सन्धिखर्क नगरपालिकामा दोस्रोपटक आएका ज्ञवालीको पुन दोस्रोपटक पनि ६ महिना नबित्दै सरुवा भई प्युठान पुगेपछि अहिले ज्ञवालीको लम्जुङको बेसि सहर नगरपालिकाबाट पुन तेस्रोपटक सन्धिखर्क नगरपालिकामा सरुवा भएको हो ।
स्थायि घर पाल्पा भएका ज्ञवालि सुसासन तथा अनुसासन पार्दर्सि काम गर्ने मुसल राष्ट्र सेबको रुपमा परिचित छन । ज्ञवालि हाकिम बनेर अाउने खवर पाएपछि अर्घाखाँचीको सन्धिखर्क नगरपालिका भित्रका उपभोक्ता तथा स्थानिय जनताहरु हर्सित छन । सन्धिखर्क नगरपालिकाको मोडालिटि तथा बिकास निर्माणको रेखा कोरेका ज्ञवालि जनप्रतिनिधिहरु निर्वाचित नहुदै नगरपालिकाको नगरप्रमुखको रुपमा समेत काम गरेका ब्यक्ति हुन स्थानिय तहको चुनाब प्रदेस तथा प्रतिनिधि सभाको निर्बाचनमा समेत ज्ञवालिले जिल्लामा बसेर राम्रो भुमिका निर्भाहा गरेका थिए ।
अर्घाखाँची जिल्लामा अाउने कर्मचारीहरुलाई जिल्लाले महनि लगाउने गर्दछ तर पनि एउटै कार्यलयमा मन्त्रालयले जबरजस्ती ३ पटक ज्ञवालीलाई सरुवा गरेपछि ह्याटि्रक पूरा गर्ने कुसल ईमानदार राष्ट्र प्रेमि जिल्लाले चाहेका कार्यलय प्रमुख ज्ञवाली हुन भन्ने कुरा नगरवासिले सहजै अनुमान गरेका छन । 
ज्ञवालिलाई सन्धिखर्क नगरपालिकाको बिकासका लागि अनुभव प्राप्त हाकिम भएका कारण पटक पटक पठाईको अनुमान गरिएको छ ।नगरपालिका मा ४/५ गते हाजिर हुने ज्ञवालीको भब्य स्वागत हुने बुझिऐको छ । नगरपालिकाको बिकास हुनुमा ज्ञवालीको मुख्य दायित्व छ ।

अन्य समाचारहरु