चुत्राबेसीमा सन्चालन हुन लागेकाे हाट बजार ब्यबस्थापन सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्वर २ चुत्राबेसीमा निकट भबिश्यमा सन्चालन हुन लागेकाे कृषि तथा पशु हाट बजार ब्यबस्थापन सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले नगरपालिका भित्र नया नया अात्म निर्भर हुने र रोजगारी मुलक कार्यक्रम हरु सुरु गरेर बेरोजगारी समस्या क्रमिक रुपमा हटाउदै अगाडि बढने बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ मा लगाउन लागिएको पशुबजार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख भुसालले जनताले अहिले भाषण भन्दा पनि जनप्रतिनिधि हरु सग कामको अपेक्षा गरेको ले जनताको अपेक्षा अनुसार माग अनुसारका कार्यक्रम हरु अाफुहरुले अगाडि सारेको दाबि गर्नु भयो ।
नगरप्रमुख भुसालले कृषक हरुले उत्पादन गरेका पशुहरु को बजार प्रबन्धन गर्नका लागि नगरपालिका का हरेक वार्डहरुले यस्ता खालका रचनात्मक बिकासका काम हरु अगाडि बढाउनु पर्नेमा जोड  दिनु भयो ।कार्यक्रममा नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिकले अब उत्पादन मात्र नभई त्यसको  बजारि करणको अाबस्यक्ता भएको ले पशु बजार अहिले को मुख्य अाबश्यक्ता भएको बताउनु भयो ।उहाले नगरपालिका को बिकासले अहिले फड्को मारेको बताउदै अागामि दिनमा युवा स्वरोजगार लक्षित वर्गका कार्यक्रम लाई अगाडि सार्नु बेरोजगारी समस्या लाई न्युनि करण गर्नु अाफुहरु को लक्ष्य र उदेश्य रहेको बताउनु भयो ।उहाले गाउमा उत्पादन गरेका हरेक पशु हरु पशुबजार मा ल्याई बिक्रि गरेर किसानहरु ले मनाग्य अाम्दानि गर्ने मा अाफुहरु बिस्त रहेको जिकिर गर्दै नगरभित्र बेरोजगारी समस्या समधान गर्ने अाफुहरु को लक्ष्य अनुसारका काम हरु भईरहृेको दाबि गर्नु भयो ।
कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत निरज पौडेल लगाएत वार्ड अध्यक्ष हरु वार्ड सदस्य हरु सर‍ोकार बाला कृर्षक पत्रकार हरु को सहभागिता रहेको थियोे ।कार्यक्रम मा वार्ड नम्बर २ का अध्यक्ष मोतिजग रायमाझिले पशुवजार लागाउने ठाउँ वार्डले गर्न लागेको नमुना काम का बारेमा जानकारी गराउनु भएको थियोे ।कार्यक्रम सुस्मा श्रेष्ठ को सन्चालनमा सम्पन्न भएको हो । यो पशु बजार अर्घाखाँची जिल्ला मा पहिलोपटक लगाउन लागिएको हो।

अन्य समाचारहरु