डिभी खनाल
सन्धिखर्क, अर्घाखाँची। अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्वर २२ निबासी नारायण बस्याल नेपाल निर्माण ब्यबसायी संगठनको केन्द्रीय सदस्यमा मनोनित भएका छन ।
सन्धिखर्क नगरपालिका नगरसभाका सदस्य समेत रहेका बस्याल घोचु कन्टकसनका प्रोप्राईटर तथा युवा ब्यबसायी हुन । कुनै पनि ठेम्का पट्टाको काम तोकिएको समय भन्दा अगाडि गुणस्तरीय काम गर्ने नाममा चर्चित बस्याल अहिले सामाजिक तथा राजनीति काममा समेत ब्यस्त छन ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ बाट सदस्य समेत बनेका युवा ब्यबसायी बस्याल निर्माण ब्यबसायी संघ रुपन्देहीको सदस्य समेत निर्वाचित ब्यक्ति हुन ।
जिल्लाको बिकास र सामाजिक काम गर्न पाउँदा अाफु हर्सित रहेको बताउने उनी मिलनसार सबैको दुख देख्न नचाहाने ब्यक्तिको रुपमा परिचित छन ।