ढाकावाङ्गको राजिमे मिटर सिस्टमबाट पानी प्रयोग गर्ने पहिलो वार्ड

माधव खनाल 
अर्घाखाँची चैत २८ । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको वडा न १ ढाकावाङ्गको राजिमे मिटर सिस्टमबाट पानी प्रयोग गर्ने पहिलो वार्ड रहेको कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन ।
बिहिवार राजिमेमा राजिमे लिप्टिङ खानेपानी को उद्घाटन गर्दै भुमिकास्थान नगरपालिकाका उपप्रमुख खडानन्द बेल्वासेले सो कुरा बताएका हुन साथै बेल्वासेले पानीको सहि सदुपयोग गरि तरकारी खेतीगरि मनग्य आम्दानी लिनसक्ने समेत बताउनुभएको थियो
। कार्यक्रममा मन्तव्य राख्नेहरुमा समाजसेवी सागर केसि ,झविला थापा ,कविराम खनाल भुमिकास्थान १ का वडाअध्यक्ष भोजराज खनाल,२ का अध्यक्ष बुध्दी बहादुर थापा ४ का अध्यक्ष बाबुराम सुनार ५ का अध्यक्ष तुल्सिराम बेल्वासे ६ का अध्यक्ष झविलाल बन्जाडे भुमिकास्थान नगरपालिकाका लेखा अधिकृत ठाकुरकुमार श्रेष्ठ भुमिकास्थान नगरपालिका कार्यालयका इन्जिनियर कुलानन्द बन्जाडे स्थानीय मानवहादुर कुवर लगायतले मन्तव्य राख्नुभएको थियो ।
 कार्यक्रम राजिमे लिप्ट खानेपानी उपभोक्ता समितिका अध्यक्ष नुमानन्द वेल्वासेको अध्यक्षता उपभोक्ता समितिका उपाध्यक्ष रमेस भण्डारीको स्वागत मन्तव्य र भुमिकास्थान नगरपालिकाका सव इन्जिनियर भुपाल पुनको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रम भुमिकास्थान नगरपालिकाको छव्बिस लाख स्थानीय बाट जनसर्बधान सात लाख गरि कुल तेत्तीस लाखको लागतमा सम्पन्न भएको छ लिफ्टिङ सेवाबाट भुमिकास्थान नगरपालिका वडा न १ राजिमेका कुल ६८ घर लाभान्वित भएका छन साथै स्थानीयले करिब दुई दसकको चाहाना पूरा भएको बताएकाछन ।

अन्य समाचारहरु