अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ७ नुवाकोटको सलेन्धारामा घरगोठमा आगलागी भएको छ ।
सलेन्धाराका बनिकला पुनमगरकाे गाेठमा आगलागी भएको हो । शुक्रबार दिउसो १ बजे तिर गाेठमा आगलागी हुँदा जलेर पूर्ण रुपमा क्षती भएको छ।
गाेठमा रहेको आगो एक्कासी सल्किदै जाँदा आगलागी बताइएको छ । स्थानियबासीले आगलागी नियन्त्रण गर्न प्रयास गरेका थिए । यहाँ पानीको अभाव रहेको छ ।
भर्खरै अागाेलागी हुदा गाेठ जलेर पूर्ण रुपमा क्षेती भएको छ। अन्य ठुलो क्षति हुन बाट स्थानीय वासिले जाेगाए।