रुद्रमणि भसाल
छत्रदेब, अर्घाखाँची चैत्र २८ । छत्रदेब गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०७५ ,७६ का योजनाहरुको दोस्रो चौमासिक समिक्षा कार्यक्रम बिहीवार सम्पन्न भएको छ ।
समिक्षा कार्यक्रममा छत्रदेब गाउँपमलिकाका अध्यक्ष लेखनाथ पोख्ररेलले देशकै नमुना गाउँपालिका बनाउनका लागि पादशिता र सुशासनमैत्री नितीलिएर आफुअगाडि बढेको बताउनु भयो ।
अध्यक्ष पोख्ररेल अर्घाखाँचीमा अन्य स्थानियतहमा भन्दा बढी योजान ल्याउन सफल भएकाले यो वर्षभित्र छत्रदेब गाउँपालिकामा काठका सबैपोल हटाएर फलामकापोल राखेरै छाड्ने दावी गनुभयो । समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका सदस्य सम्शेरदिन मिया ,गाउँपालिकाकी उपाध्यक्ष तुल्सादेबी श्रेष्ठ ,प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल ,वडा नं. ६ अध्यक्ष कमल पौडेल , निर्माण ब्यवसायीको तर्फबाट माधब पंन्थी , उपभोता समितिका राम बहादुर राना ,सम्पुर्णबिद्यालयका प्रअहरुको तर्फबाट महेन्द्र कुमार श्रेष्ठ , डा,सुरेन्द्र रायमाझी, कार्यपालिका सदस्य निर्मला पाण्डे, लगायतले मनतब्य राखेका थिए ।
समिक्षा कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत खिमानन्द भुसालले गाउँपालिकाले गरेको प्रगतिका बारेमा कार्यपत्र प्रस्तुत गदै ६२ प्रतिसत योजनाका काम सम्पन्न भई भुतmानी समेत गरेको बताउनु भयो ।
प्रमुख प्रसाशकिय अधिकृत भुसालले बैशाख भित्रै सबै योजनाको काम सम्पन्न गर्ने गरि आफुहरु लागेको बताउनु भयो ।
कार्यक्रम स्वास्थ्य संयोजक बिश्पदेब न्यौपानेकको संचालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा सम्पूर्ण बिद्यालयका प्र.अ ,उपभोतmा समितिका अध्यक्षहरु स्वास्थ्य चौकीका इन्चार्जहरु सबै वडाका वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।