अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची राष्ट्र सेवक समाजको नयाँवर्ष २०७६ काे शुभकामना आदानप्रदान र भित्ते क्यालेण्डर विमाेचन कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ वर्ष २०७६ काे शुभकामना आदानप्रदान र भित्ते क्यालेण्डर विमाेचन कार्यक्रम भाैतिक पुर्वाधार तथा यातायात ब्यबस्था मन्त्रालयका सचिब मधुसूदन अधिकारीकाे एवं संस्थाका अध्यक्षको उपस्थितिमा सम्पन्न भएको हो ।
समाजका उपाध्यक्ष बालकृष्ण घिमिरेकाे कार्यरत सूचना तथा प्रशारण विभाग तिलगंगाकाे बैठककक्षमा सम्पन्न कार्यक्रममा कार्यसमिति सदस्य एवं अर्घाखाँची राष्ट्र सेवक कर्मचारीहरूकाे उपस्थित रहेको थियो ।
कार्यक्रम संस्थाका सचिब अर्घाखाँची जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु बेल्बासेको सन्चालनमा सम्पन्न भएको थियो ।