भगवतीमा बिसाैना ढिकुरा दुग्ध डेरी समूहको प्रथम बार्षिक साधारण सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
भगवती, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वार्ड नम्बर ७ भगवतीमा बिसाैना ढिकुरा दुग्ध डेरी समूहको प्रथम बार्षिक साधारण सम्पन्न भएको छ । 
भगवतीमा सम्पन्न बिसाैना ढिकुरा दुग्ध डेरी समूहको प्रथम बार्षिक साधारणमा गाउँपालिका अध्यक्ष लेखनाथ पाेख्रेल, वडाध्यक्ष शाेभाखर पाण्डे, पत्रकार महासंघ गुल्मीका अध्यक्ष नबराज भुसाल लगायतको उपस्थिती रहेको थियो । 
कार्यक्रममा उशाकिरण सहकारीका अध्यक्ष जंगबहादुर परियार, भगवती दुध डेरी भैसी पालन समुहका अध्यक्ष कृष्ण पाण्डे, शुभप्रभात कृषि सहकारीका अध्यक्ष बाबुराम पाण्डे, गाउँपालिका कृषि तथा पशु शाखा संयोजक उमानाथ पन्थी लगायतको उपस्थिती रहेको थियो ।  कार्यक्रम समुहका अध्यक्ष धर्मराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु