नरपानी-नुवाकाेट स्तराेन्नति सडक खण्ड उद्घाटन, अब नरपानी – ढिकुरा हुँदै नुवाकाेट हटियासम्म

बिनोद गैरे 
नुवाकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको नरपानी देखि भुमिकास्थानकाे नुवाकाेट हटियासम्मकाे स्तराेन्नति गरिएकाे माेटरवाटाेकाे आज नयाँ वर्षकाे अवसर पारेर यात्रुवाहक बस गुडाएर उद्घाटन गरिएकाे छ । 
अघि अघि नगरप्रमुख रेशम थापाकाे स्कारपियाेपछि पछि यात्रुवाहक बस नरपानी देखि नुवाकोटसम्म आईपुग्दा दर्जनौं स्थानमा फुलमाला साथै अविरले नगर प्रमुख रेशम थापा, वार्ड नं.९ का वार्ड अध्यक्ष नारायण प्रसाद खनाल लगायत अन्य नगरका पदाधिकारी, कर्मचारी, स्थानिय बुद्धिजीवी तथा समाजसेवीसंगै चालक शिशिर घिमिरेलाई भव्य स्वागत गरेका थिए । 
विभिन्न स्थानमा आयाेजना गरिएका स्वागत कार्यक्रममा नगरप्रमुख थापाले स्थानियबासीहरुलाई नयाँ बर्षकाे शुभकामना व्यक्त गर्दै निकट भविष्यमै नगरवासिहरुलाई यातायात, शिक्षा, स्वास्थ्य लगाएतमा चुस्त दुरुस्त सेवा प्रदान गर्न आफुले कुनै कसुर वाँकी नराख्ने प्रतिवद्घता व्यक्त गर्नु भएको थियाे । 
वाटाे उद्घाटनमा मात्र सिमित नभई निरन्तर रुपमा बस संचालन हुनुपर्नेमा स्थानीय तथा सराेकारवालाहरुले धारणा राखेका थिए ।

अन्य समाचारहरु