मालारानीको खन काठको पोल मुक्त बन्दै, विकास र समृद्धिमा गति लियो

दिनेश सुनार
खन, अर्घाखाँची  ।  अर्घाखाँची जिल्लाको  मालारानी गाउँपालिका  ४ खनमा प्रत्यक्ष रुपमा जनतालाइ आभास हुने विकास निर्माणका कामले गति लिएको छ । 
जिल्लाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय  धरोहरको रुपमा रहेको मालारानी गाउँपालिका अंतरगत को निकै  ऎतिहासिक महत्व बोकेको वडा न ४ खनले विकास र समृद्धिमा गति लिएको छ ।
वडा अध्यक्ष विष्णु प्रसाद पोख्रेलका अनुसार  वडामा २०७५ सालको चैत्र महिना बाट काठका पोल मुक्त गराउने र पुर्ण फलामे पोल युक्त वडा बनाउने कार्यक्रम तिब्र रुपमा अगाडि बढाइएको छ । 
हाल सम्म २५० वटा पोल गाडियो र अब केही साबिक को वडामा नगेको अबस्था छ, त्यसलाइ पनि अहि असार मसान्तसम्म पुर्णता दिने कुरामा आफू कृयाशिल भुमिका खेलेलो उल्लेख गरेका छ्न ।
अध्यक्षले भने अब मालारानी ४ लाई एउटा नमुना र उदाहरणिय वडा बनाउने मास्टर पलान बनाएको छु जस अनुसार केही ठुला योजनाहरु नि  छ्न जसले  पर्यटकीय सम्भवाना रहेका क्षेत्रहरुमा कार्य गर्ने छन,भने केही योजनाहरु यहाँका नागरिक लक्षित पनि छ्न जुनमध्य लगत्तै जनता आभास दलित लक्षित कार्यक्रम अन्तर प्रदेश साम्साद मार्फत मालारानी ४ का अति विपन्न दलितहरुको ८ वटा घर बनाउने काम अगाडि बढाइएको र यसका साथै यहाँका कृषक र व्यबसायीलाइ मध्यनजर गर्दै विभिन्न सीपमूलक र ज्ञानमुलक कार्यक्रमहरु अगाडि बढाउने पनि अध्यक्ष पोख्रेल को भनाइ छ ।  
स्वच्छ र सफा अनि हराबरा खन बनाउको लागि प्रत्येक साबिकका  गा.बि.स मा सरसफाइ कार्यक्रमहरुलाइ पनि तीव्रता दिएको भन्दै पोख्रेलले यहाँका नागरिकलाइ आभास हुने खाले  विकासको  काम बैज्ञानिक हिसाबले अगाडि बढाउने कुरामा आफू प्रतिबद्वित रहेको कुरा जनाएका छ्न ।

अन्य समाचारहरु