ठगीको समाचार लेखेको आरोपमा पक्राउ परेका पोखराका पत्रकारलाई फेरि पक्राउ गरेपछि नेपाल पत्रकार महासंघ आक्रोशित

ठगीको समाचार लेखेको आरोपमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीलाई प्रहरीले मंगलबार फेरि पक्राउ गरेपछि नेपाल पत्रकार महासंघ आक्रोशित भएको छ ।
पक्राउ गरेका गिरीलाई पत्रकार महासंघको रोहबारमा सोमबार बेलुका रिहा गरे पनि प्रहरी मंगलबा पुन पक्राउ गरेर विद्युतीय कारोबार ऐन अन्तरगत मुद्दा चलाउने तयारी गरेपछि महासंघले आपत्ति जनाएको छ ।
मंगलबार बेलुका माइतिघर मण्डलामा विरोध प्रर्दशन गर्दै महासंघले आफ्नो गलत कार्य सच्याउन सरकारलाई आग्रह गरेको छ । महासंघका सभापति गोविन्द आचार्यले ठगीको समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको जिकिर गरे ।
उनले गिरी फेरि विना शर्त रिहा गर्न माग गर्दै विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्न माग गरेको छ । आचार्यले भने, ‘संविधान दिएको प्रेस स्वतन्त्रता सरकारले उल्लंघन गरेको छ । सरकार प्रेसप्रति अनुदार बन्दै गएको छ ।
यस्ता कार्य नसच्चिए महासंघ कडा आन्दोलन गर्न बाध्य हुनेछ ।’ तत्कालीन प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले पत्रकारलाई पक्राउ गर्ने प्रहरीमाथि नै छानबिन हुनुपर्ने बताए । उनले यो घटनामा प्रेस काउन्सिलको समेत कमजोरी रहेको भन्दै काउन्सिलका पदाधिकारीलाई बर्खास्त माग गरे । देशान्तरमा समाचार छ ।