सागर महत
बामरुक, अर्घाखाँची बैशाख ३ । अर्घाखाँचीकोे हंसपुरमा चट्याङ्ग लाग्दा एक जना बालिका घाइते भइकी छन् ।
मालारानी गाउँपालिका वडा नं ७ साविकको हंसपुर बामरुकमा चट्याङ्ग लाग्दा १५ बर्षीया मनिसा खनाल घाइते भएकी हुन् ।
आफनै घरमा बसेको बेला दिउँसो ४ बजे चट्याङ्ग लाग्दा घाईते भएको प्रहरी निरीक्षक गम्भीर जंग थापाले जानकारी दिए ।
घाईते खनालको अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको भइरहेको छ ।