नरपानीको गंगा सरोबरमा अब डुङ्गा चलाइने

Image result for नरपानी arghakhanchi.com
सुर्य भुसाल  
नरपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको लगानिमा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ स्थित पर्यटकीय स्थल नरपानीको गंगा सरोबरमा अब डुङ्गा चलाइने भएको छ । 
नगरपालिकाले आर्थिक बर्षमा बिनियोजन गरेको बजेटबाट बाहिरबाट आउने पर्यटकहरुलाई आकर्षित गर्नका लागि डुङ्गा  सुरुवात गर्न लागिएको नगरप्रमुख कमल प्रसाद भुसालले जानकारी दिनु भयो ।
नगरप्रमुख कमल प्रसाद भुसाल र उपप्रमुख ठाकुर कुमार बिकले जनतासँग चुनाबमा गरेको प्रतिबद्धता अनुसार डुङ्गा सन्चालन गर्न लागिएको नगरउपप्रमुख ठाकुर कुमार बिकले बताउनु भयो । यो सँगै नगरपालिकाले नयाँ नयाँ काम गरेको भन्दै स्थानिय नगरपालिकाबासी हर्सित भएका छन ।
शान्ति बगैचा निर्माण गरि चर्चामा रहेका नगरपालिकाका प्रमुख र उपप्रमुख अहिले नरपानीको गंगा सरोबरमा डुङ्गामा ल्याएपछि स्थानिय नरपानी बासि हर्सित भएका हुन ।
अब सुपादेउराली आउने भक्तजनहरुले नरपानीमा डुङ्गा चढेर भरपुर मनोरञ्जन लिने अपेक्षा गरिएको र बजेट बिनियोजन गरि काम सुरु गरिएको नगरप्रमुख भुसालको भनाइ छ ।

अन्य समाचारहरु