अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ७ हंसपुरको लेबाँसे टोलमा चट्यांग पर्दा ११ जना घाइते भएका छन् ।
मंगलवार साँझमा पानी परिरहेको समयमा चट्यांग पर्दा हंसपुर र धारापानीको बिचमा रहेको लेबाँसे टोलमा ११ जना घाइते भएका हुन् ।
लेबाँसे टोलका झबिन्द्र भुसालको परिवारका ४ जना सदस्य , हरि भुसाल र उनकी श्रीमती, चन्चु विककी श्रीमती, दर्दनी अस्मिता भुसाल र शान्ता विक र उनका २ छोरा छोरी गरी ११ जना घाइते भएका हुन् ।
यस्तै यसघि पोखराकी घाइते मनिसा खनालको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।