सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जलवायु परिवर्तनले नेपालमा पारेकाे प्रभाव र यसको न्युनिकरण सम्बन्धी तालिम शुरु भएको छ ।
जलवायु परिवर्तनले नेपालमा पारेकाे प्रभाव र यसको न्युनिकरण सम्बन्धी सराेकारवाला( रेड प्लस फाेकल पर्सन) का लागि तालिमकाे संचालन गरिएकाे हो ।
रेड कार्यान्वयन केन्द्र काठमाडौकाे आयाेजना, डिभिजन वन कार्यालय अर्घाखाँचीकाे समन्वयमा सन्चालित उक्त तालिम बैशाख २ देखि ६ गते सम्म सन्धिखर्ककाे द अाेल्ड एभरेष्ट हाेटलमा सन्चालन हुने छ ।
तालिममा आदिवासी जनजाति महासंघ, बन महासंघ, पत्रकार महासंघ, निजिबन, वन पैदावर महासंघ लगायत स्थानीय नगर गाउँ पालिकाका वन कार्यालयका प्रमुखहरूकाे उपस्थिति रहेकाे छ ।
तालिममा वन क्षयीकरण र वन विनासका कारण परेकाे प्रभाव यसलाई घटाउन भएका प्रयास ,रेड संस्था सम्बन्धि प्राविधिक तथा अन्य पक्षहरूका साथै भावी कार्यक्रम का बिषयमा सहभागिलाई तालिम प्रदान गरिने सहजकर्ता अर्घाखाँची वन डिभिजन प्रमुख अजय बिक्रम मानन्धरले जानकारी दिए । तालिम प्राक्टिकल साेलुसन कन्सल्टेन्सि नेपाल प्रा. लि. काठमाडौं काे ब्यबस्थापनमा सन्चालित तालिमकाे मुख्य प्रशिक्षक रेड प्लस बिषेशज्ञ डा.एक बहादुर राना रहेका छन् ।