अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीले भोली बैशाख ५ गते बिहिवार आव्हान गरेको नेपाल बन्द सफल पार्न अर्घाखाँचीबासीलाई अपिल गरेको छ ।
यसअघि आफ्ना बन्द लगायतका कार्यक्रम अवज्ञा गर्नेलाई भौतिक कारवाही गर्ने धम्की दिएको विप्लव अर्घाखाँचीले यस पटकको विज्ञप्तीमा कुनै चेतावनी दिएको छैन् ।
बुधवार नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला सेक्रेटरी खिम घर्तीले निकालेको एक विज्ञप्ती अनुसार आफ्ना नेता-कार्यकर्ताहरुमाथि बिनाकारण दमन, प्रकाउ गरेको भन्दै नेकपाले त्यसको विरोधमा बैशाख ५ गते नेपाल बन्दको आव्हान गरेको बताएको छ ।
यस्तै सो पार्टीले नेपाल बन्दको अघिल्लो दिन बुधवार साँझ अर्घाखाँचीभरी मसाल जुलुस प्रदर्शन गरेको छ ।
विज्ञप्तीमा नेकपा स्थायी समितिका सदस्य सुदर्शन लयागतका दर्जनौ नेता कार्यकर्ताहरु गिरफ्तार परेपछि बन्दको घोषणा गरेको बताइएको छ । नैतिकताहिन धरपकड रोक्न र गिरफ्तार वरिष्ठ नेताहरु लगायत सम्पुर्ण कार्यकर्ताहरुलाई विना शर्त मुक्त गर्न ओली सरकारसँग माग गरिएको छ ।
तर उता नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका एक जना जिल्ला सदस्यले भने बन्द अवज्ञा गर्नेलाई भौतिक कारवाही गर्ने चेतावनी दिएका छन् । उनले डट्कमलाई जानकारी गराए अनुसार बन्द असफल गराउनेको विवरण लिने र सोही अनुसार भौतिक कारवाही गर्ने चेतावनी दिएका छन् ।
साथै अर्घाखाँचीभर सुरक्षा व्यवस्था कडा पारीएको जिल्ला प्रहरी कार्यालय स्रोतले बताएको छ । प्रहरीका अनुसार विप्लवका बन्द गर्न आउने नेता कार्यकर्ताहरुलाई तत्काल प्रकाउ गरिने छ ।
यस्तो छ विज्ञप्ती:-