अर्घाखाँचीमा चल्ने सवारीसाधनले क्षमता भन्दा बढी यात्रु बोक्न छाडेनन्, अर्घाखाँचीबासी जोखिमपूर्ण यात्रा गर्न वाध्य
बैशाख ४ गते, २०७६ मा प्रकाशित
बाबु राम भुसाल
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क – गोरसिङे सडकमा चल्ने यात्रुबाहक बसले क्षमता भन्दा बढी यात्रु बोक्न छोडेका छैनन् ।
सन्धिखर्क – गोरसिङे सडकमा दुवै तर्फ चल्ने यात्रुबाहक बसले क्षमता भन्दा बढी बोक्दा यात्रुहरुले समस्या भोक्दै आएका आएका छन् भने जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका हुन् ।
बैशाख १ गते दिउँसो २ बजे लु २१७ नम्बरको सन्धिखर्क देखि बुटवलका लागि छुटेको बसले क्षमता ३०, ३५ जना भएपनि १०० जना भन्दा बढी यात्रु बोकेको थियो । यात्रु बाहेक व्यापारिक समान समेत बोकेको देखिन्थ्यो । उक्त बसको सहचालकले बिच-बिचमा रोक्दै यात्रुहरुलाई सिट मिल्छ भने पनि उभिएर यात्रा गर्न वाध्य भएका थिए ।
उक्त बसले सन्धिखर्क देखि बुटवलका लागि सबै यात्रुहरुबाट ३३० रुपैया उठाएका थिए । कयौ महिला, बुढाबढीहरु पनि उभिएर यात्रा गर्न वाध्य भएका थिए ।
बसहरुले ट्राफिक प्रहरीलाई छल्दै बिच – बिचबाट सिट बिना यात्रुहरुलाई चढाउदै लगेको देखिन्छ । सन्धिखर्क – गोरसिङे सडकमा चल्ने सवारीसाधनमा लामो समय देखि जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका छन् अर्घाखाँचीबासी ।
अर्घाखाँचीमा सवारीसाधन दुर्घट्नाको कारण क्षमता भन्दा बढी यात्रु बोक्दा भएको देखिन्छ ।