अर्घाखाँचीमा पत्रकार महासंघ अर्घाखाँचीको १ घण्टे धर्ना र विरोध पत्र बुझाउने कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाल पत्रकार महासंघ अर्घाखाँचीको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा १ घण्टे धर्ना र विरोध पत्र बुझाउने कार्यक्रम सम्पन्न भएकाे छ । 
देशमा विद्युतीय काराेबार एेनकाे दफा ४७ र ४८ अन्तरगत पत्रकारलाई पटक पटक पक्राउ गर्ने क्रम बढेकाेले उक्त दफाकाे खारेजीकाे माग र पाेखराका पत्रकार अर्जुन गिरि सहित पक्राउ परेका पत्रकारहरूकाे बिनासर्त रिहाईकाे माग गर्दै आज बिहीवार जिल्ला प्रशासन कार्यालयमा धर्ना कार्यक्रमको आयोजना गरेको हो । 
पोखराका पत्रकार अर्जुन गिरीलाई पक्राउ गरी विद्युतिय कारोबार ऐन अन्तर्गत मुद्दा लगाइएको विरोधमा नेपाल पत्रकार महासंघले आज देशभर आन्दोलन गरेको छ । 
महासंघ केन्द्रिय कार्यालयले आज बिहान ९३० देखि १०३० सम्म जिल्ला शाखामार्फत जिल्लामा एक घन्टा धर्ना दिने र महासंघ केन्द्रीय समितिले गृह र सञ्चार मन्त्रालयमार्फत विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको थियो।
सोही कार्यक्रम अन्तर्गत अर्घाखाँचीमा पनी आज १ घन्टा जिल्ला प्रशासन कार्यलयमा धर्ना दिईएको छ ।  विद्युतिय कारोबार ऎनको दफा ४७ र ४८ को खारेजी तथा गिरफ्तार गरिएका पत्रकारहरुको रिहाइको माग गर्दै जिल्ला प्रशासन अर्घाखाँचीमा धर्ना दिईएको पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम बहादुर जिसी लेकालीले जानकारी दिनुभयो । साथै धर्ना कार्यक्रम पश्चात दफा ४७ र ४८ को खारेजी तथा पत्रकारहरुको रिहाइको माग गर्दै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने मार्फत सरकारलाई पत्रकार महासंघको टोलीले ज्ञापनपत्र बुझाएको छ ।
थप आन्दोलनका कार्यक्रमबारे महासंघको भोलि बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्नेछ ।

बिद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गरियोस भन्ने बारेको
ध्यानाकर्षण पत्र
मिति ः ५ बैशाख २०७६ ( 18 April 2019)
श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू
जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
मार्फत
श्रीमान प्रमुख ज्यू
गृह मन्त्रलय र सूचना तथा सञ्चार प्रबिधि मन्त्रालय,
काठमाण्डौ नेपाल
महोदय, 
विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेकोले उक्त दफाको खारेजीको माग राख्दै नेपाल पत्रकार महासंघले देशभर आन्दोलन गर्ने निर्णय गरेको छ । सोही अनुरुप पत्रकारलाई विद्युतीय कारोबार ऐन उक्त दफा अन्तर्गत पटकपट पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यक्रम अनुसार अर्घाखाँची शाखा पनि आन्दोलनका कार्यक्रममा एक्यबद्धता जनाउदछ । 
जस अन्तर्गत आज विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरीसहित देशभर पक्राउ गरिएका पत्रकारको बिनाशर्त रिहाईको माग गर्दै १ घण्टा धर्ना गरि नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखा यो ध्यानाकर्षण पत्र पेश गर्दछ । अन्यथा पत्रकारमाथिको आक्रमण नरोकिए केन्द्रले तय गरेको चरणबद्ध आन्दोलनका कार्यक्रममा जान बाध्य हुने पनि यसै ध्यानकषर्ण पत्र मार्फत जानकारी गराउदौ ।
…………………………
हिमबहादुर जिसी ‘लेकाली’
अध्यक्ष

अन्य समाचारहरु