अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ५ बैशाख । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका कारण अर्घाखाँची पुर्णरुपमा ठप्प छ ।
सदरमुकाम सन्धिखर्क सहित आसपासका मुख्य बजारमा बन्दको पुर्ण प्रभाव परेको छ । बन्दका कारण आज अर्घाखाँचीबाट छुट्ने छोटो तथा लामो दुरीका कुनैपनी सवारी साधन चलेका छैनन भने शिक्षण संस्था,व्यवसाय,उद्योग-धंदा,वित्तीय संस्थाहरु खुलेका छैनन ।
बजार पुर्णरुपमा बन्द हुँदा जनजिवन कष्टकर भएको छ । सार्वजनिक यातायात र अधिकांश होटलहरु बन्द हुँदा यात्रुहरु गन्तव्य सम्म पुग्न सकेका छैनन भने उनीहरुले सास्ती व्यहोर्नु परेको छ ।
प्रहरीले सुरक्षा व्यवस्था कडा बनाईएको र स्कटिङ गरेरै भएपनी गन्तव्यसम्म पुर्याईदिने बताएको छ । प्रेस, एम्बुलेन्स, दुद बोक्ने लगायत अत्यावश्यक गाडी भने निर्वाद चलिरहेका छन । बन्द बेलुका ५ बजेपछी खुल्नेछ ।