अर्घाखाँचीमा विप्लव नेतृत्वको नेकपाका दुई जिल्ला सदस्यले राजीनामा गरे

प्रेमनारायण आचार्य
सन्धिखर्क,  अर्घाखाँची ०६ बैशाख २०७६ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई जिल्ला सदस्यले राजीनामा गरेका छन् । 
 विप्वल नेतृत्वको नेकपामा माओवादी अर्घाखाँची जिल्ला सदस्यहरु हामबहादुर रायमाझी र देवेन्द्र रेश्मीले पार्टीबाट राजीनामा दिएका हुन् ।
रायमाझी शितगंगा नगरपालिका–१२ रजिया निवासी  हुन् भने रेश्मी शितगंगा नगरपालिका–११ ढुंगेसार निवासी हुन्।  उनीहरुले छुटाछुटै प्रेस विज्ञप्ति जारी गर्दै विप्लव नेृतत्वको पार्टी छाडी स्वतन्त्र रहेको जानकारी गराएका छन् ।
यसअघि गत २०७५ चैत्र २१ गते विहीवार विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीका जिल्ला सचिवालय सदस्य तथा दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष भक्तबहादुर परियारले राजिनामा दिएका थिए । 

अन्य समाचारहरु