प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ६ बैसाख । प्रेम विवाह र बैदेसिक रोजगारीका कारण अर्घाखाँचीमा सम्बन्धबिच्छेद गर्ने दम्पतीको संख्यामा बृद्धि भएको छ । सम्बन्ध बिच्छेद गर्नेमा ८० प्रतिशत भन्दा बढि ३० बर्ष मुनीका रहेका छन ।
अर्घाखाँची जिल्ला अदालतमा दर्ता भएका मुद्धाहरु मध्ये सबै भन्दा बढी सम्बन्ध बिच्छेदका हरेका छन । यस आर्थिक बर्षको साउन देखि आज सम्म जिल्ला अदालत अर्घाखाँचीमा २ सय ३५ मुद्धा दर्ता भएकोमा १ सय ९ वटा मुद्धा सम्बन्ध बिच्छेदका रहेका जिल्ला अदालतका श्रेस्तेदार गम्भीर घिमिरेले बताए । उनले भने गत बर्ष भन्दा झण्डै २५ प्रतिशतले सम्बन्ध बिच्छेदका मुद्धा बढेका छन । अदलतमा आएका मुद्धा मध्ये ४६ प्रतिशत भन्दा बढी सम्बन्ध बिच्छेदका छन ।
भदौ १ गते देखि नँया कानुन आएपछि २९ जना पुरुषहरुले सम्बन्ध बिच्छेदकोलागि मुद्धा दर्ता गरेको श्रेस्तेदार घिमिरेले बताए । अदालतमा दर्ता भएका मुद्धा मध्ये १ सय २० मुद्धा फैसला भएका छन । अहिलेको तथ्यांकलाइ हेर्दा मुद्धा फैसलामा पाँच नम्वर प्रदेशमै अर्घाखाँची प्रथम रहेको पनि घिमिरेले जानकारी दिए । सम्बन्ध बिच्छेदपछि अंस मुद्धा, माना चामल, जबरजस्ती करणी आदिका मुद्धा बढी रहेका छन ।
प्रेम विवाह, श्रीमान बिदेशिएको समयमा श्रीमतीहरुको बारेमा घर परिबार तथा श्रिमानले अनाबस्यक शंका, उपशंका गर्नु जसका कारण घर परिबारमा मेलमिलाप नहुनु, दिनहु कलझगडा हुनु , सम्बन्धबिच्छेदको प्रमुख कारण बन्न पुगेको हो ।
सुचना प्रबिधिको बढि पयोग, समाजमा बढ्दै गएको खुल्ला यौन सम्बन्ध , छोरी छोराको चाहना बिपरित घर परिबारले बिबाह गरिदिनु, आफुले चाहेको र आफुले माया गरेको मानिस संग बिबाह गर्न परिबार तथा समाज बाधक बन्नु , घरपरिबार र श्रीमानले श्रीमती तथा बुहारीको ख्याल नगर्नु जस्ता कारणले पनि सम्बन्ध बिच्छेदका घटनामा बृद्धि भएको अधिबक्ता तथा प्राध्यापक जगन्नाथ भुसालले बताए । उनका अनुसार सुचना र प्रबिधिको पहुच बढि हुनु र बिलासिताको जीबनयापन गर्ने चाहना राख्नुले पनि बढि सम्बन्ध बिच्छेदका घटना बढेका हुन ।
सम्बन्ध बिच्छेद गर्नेमा अधिकांस ३० बर्ष भित्रका रहेका छन । जिल्लाको अबस्था हेर्दा अन्य धेरै कारण भए पनि प्रेम विवाह र बैदेसिक रोजगारीका कारणलेनै बढि सम्बन्ध बिच्छेदका घटना बढि हुने गरेको दखिएको छ ।