प्रदीप सूर्यवंशी मगर
अर्घातोष, अर्घाखाँची २०७६/बैशाख ५ बिहिवार (अर्घाखाँची डट्कम्) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड न. ८ अर्घातोषकी मृगौला पीडित किशोरीको आर्थिक अवस्था कमजोर भएको कारण उपचारको लागि समस्या परेको छ ।
बस्ने पोम बहादुर नेपालीकी १४ वर्षिया छोरी मनिषा नेपाली दुवै मृगौला फेल भएपछि आर्थिक अवस्था कमजोर भएको कारण उपचारको लागि समस्या परेको हो ।
मनिषाको अहिले बुटवल गाैतम बुद्ध सामुदायिक मुटु हस्पिटलमा डाईलाेसिस् भैरहेकाे छ । उनको पहिल वीर हस्पिटल अनि उपचारको लागि आर्थिक स्थिति कम भएको कारण बुटवल गौतम बुद्ध सामुदायिक मुटु भर्ना गरिएको थियो ।
उनी अस्पतालमा मृत्युसँग लडिरहेकी छिन् ,उनको घरको आर्थिक अवस्था निकै कमजोर र दयनीय रहेको हुदा उनको जिवनरक्षाको लागि हजुरहरुको सानो सहयोग अमुल्य बन्न सक्छ त्यसैले आफ्नै बहिनी आफ्नै छोरी सम्झी उपचारमा सहयोग पुर्याउन सबैले आफुसक्दो आर्थिक सहयोग गर्नुहुन बिनम्र अनुरोध उनको दाई सुबास नेपालीले गरेका छन हजुरहरुको सानो सहयोगले यी बहिनीले अर्को जन्म पाउने पनि सुवासले बताएका छन।
सहयाेगकाे लागि मृगौला पिडित मनिषा नेपालीको दाई सुवास नेपालीकाे NIC ASIA मा रहेकाे खाता नम्बर P687030703852401 रहेको समेत सागर बेल्वासेले जानकारी गराउनुभएको छ।