सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची, ७ बैशाख (अर्घाखाँचीडट्कम ) । सूचना तथा शुसासन अभियान सिआईजी अर्घाखाँचीको बृहत् कार्यक्रम सम्पन्न भएको छ ।
सूचनाकाे हक सम्बन्धि बृहत् कार्यक्रममा जिल्ला स्थित प्रमुख तथा प्रतिनिधीलाई सम्मानित गरेको थियो । सिआईजी अर्घाखाँचीको कार्यक्रममा हास्य कलाकार तथा सामाजिक अभियान्ता धुर्मुस सुन्तली फाउण्डेशन सिताराम कट्टेल धुर्मुसको उपस्थिती रहेको थियो ।
सिआईजी अर्घाखाँचीले आयोजना गरेको तथा सन्धिखर्क नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा विशेष नापी कार्यालयका प्रमुख खिमबहादुर राना, सन्धिखर्क नगरपालिकाका सुचना अधिकारी नारायण पोख्रेल, जिल्ला अदालतका सुचना अधिकारी टेकराज गैरे, शाखा अधिकृत बलराम मिश्र, सन्धिखर्क नगरपालिकाका शाखा अधिकृत गोविन्द केसलाई सम्मानित गरिएको छ । यस्तै राष्ट्रिय वाणिज्य बैँक सन्धिखर्क शाखाका प्रमुख गोपाल न्यौपाने, वडा नम्बर १२ का वडा अध्यक्ष नारायण खड्का, पत्रकार महासंघ अर्घाखाँची शाखा, सिआईजीका कोषाध्यक्ष शिव बेल्वासे, क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईलाई सिआईजी अर्घाखाँचीका अध्यक्ष मुक्तनिाथ भुसाल, नगरप्रमुख कमल भुसाल, उपप्रमुख ठाकुर विक, वैदेशिक रोजगारका महानिर्देशक भिष्म भुसालले संयुक्त रुपमा सम्मान गरेका हुन ।
कार्यक्रम सिआईजी अर्घाखाँचीका अध्यक्ष मुक्तीनाथ भुसालको अध्यक्षता, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीको स्वागत र कोषाध्यक्ष शिव बेल्वासेको सञ्चालनमा सम्पन्न भएको थियो ।
अर्घाखाँची क्रिकेट संघबाट धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग
उता अर्घाखाँची क्रिकेट संघले धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरेको छ । चितवनको भरतपुरमा बन्न लागेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमार्णका लागी अर्घाखाँची क्रिकेट संघले सहयोग गरेको हो ।
तस्बिर स्रोत: हिन्दुखबरबाट
अर्घाखाँची क्रिकेट एकेडेमीका अध्यक्ष ऋषिकेश भट्टराई र कोषाध्यक्ष कमला भुसालले संयुक्त रुपमा फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई नगद १० हजार आर्थिक हस्तान्तरण गरेका थिए ।
सिआईजी अर्घाखाँचीले गरेको सूचनाको हक सम्बन्धी कार्यक्रममा आर्थिक रकम हस्तान्तरण गरिएको थियो । आर्थिक सहयोग गर्नुहुने क्रिकेट एकेडेमीलाई धुर्मुसले धन्यवाद व्यक्त गरेका थिए ।
केही तस्बिर स्रोत: हिन्दुखबरबाट